गाेरखा- नेपाली कांग्रेसका उम्मेदवार तथा निवर्तमान मेयर राजनराज पन्तलाई हराउदै गाेरखा नगरपालिकाकाे मेयरमा नेकपा माओवादी केन्द्रका कृष्ण बहादुर राना निर्वाचित भएका छन् ।
उनी ८ हजार ९६४ मतका साथ मेयरमा निर्वाचित भएका हुन् । उपविजेता बनेका पन्तले ७ हजार १०८ मत ल्याएका थिए । उपमेयरमा कांग्रेसकी मसली माया थाेकर पुन निर्वाचित भएकी छिन् ।
माओवादी र जनता समाजवादी पार्टी (जसपा)का साझा उम्मेदवार नारायण खत्रीलाई हराउँदै उपमेयरमा निर्वाचित भएकी हुन् । उनले ७ हजार ४५३ मत प्राप्त गरेकी थिईन् । जसपाका खत्रीले भने ६ हजार ७१८ मत ल्याएका थिए ।
२०७४ काे स्थानीय निर्वाचनमा रानाले पन्तलाई ६ हजार ५६० मतका हराएका थिए भने उपविजेता बनेका रानाले ५ हजार २६ मत पाएका थिए । गाेरखा नगरपालिकामा ३५ हजार ३१ रहेका छन् । १४ वडा रहेकाे गाेरखा नगरपालिकामा करिब ७० प्रतिशत मत खसेकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
नगरपालिकाकाे वडा न १ मा कांग्रेसका हिक्मतबहादुर कुंबर, २ मा कांग्रेसका रहम तुल्ला मिया, ३ मा एमालेका चुल बहादुर कुँबर, ४ मा माओवादीका लालप्रसाद भट्टराई, ५ मा एमालेका खिल बहादुर राना, ६ मा स्वतन्त्र उमेदवार राजेन्द्र कुमार जोशी र ७ मा माओवादीकाका बिष्णु प्रसाद श्रेष्रठ निर्वाचित भएका छन्र ।
वडा न ८ मा माओवादीका ऋषि राम खत्री, वडा न ९ मा कांग्रेसका कुल बहादुर कुँवर, वडा न १० मा कांग्रेसका प्रदीप कुँवर, वडा न ११ मा माओवादीका राम बहादुर खड्का, वडा न १२ मा डिल बहादुर थापा मगर, वडा न १३ मा मित्र कुमारी परियार र वडा न १४ मा माओवादीका गोपाल बहादुर थापा वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।