गोरखा- आरुघाट गाउँपालिका-१० मा नेपाली कांग्रेस र नेकपा माओवादीको लज्जास्पद हार भएकाे छ । कांग्रेस र माओवादीका वडा अध्यक्षका उम्मदेवारले १६८ र १४ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार सन्जित श्रेष्ठले फराकिलाे मतान्तरसहित विजयी भएका छन् ।
उनले ७०५ मत प्राप्त गरि निर्वािचत भएका हुन् । याे वडा २०७४ काे स्थानीय निर्वाचनमा पनि एमालेले जितेकाे थियाे ।
राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला कमिटि सदस्य श्रेष्ठ भारि मतान्तरले पराजित गरेका हुन ।
सालिन, भद्र, युवा नेतृत्व केन्द्रसंग राम्रो समन्वय गर्नसक्ने व्यक्ति जनप्रतिनिधि पाउँदा स्थानीयहरु समेत खुसि भएका छन । स्थानीय वासिहरुको आवस्यकता नै आफ्नो प्राथमिकता ठान्ने श्रेष्ठ लामो समय देखि एमालेको केन्द्रीय राजनितिमा भिजेका व्यक्ति हुन् ।
आफु निर्वाचित भयपछि निष्पक्ष ढंगले सबै राजनैतिक दलप्रति आस्था राख्नेलाई समेत समेटेर समान दृष्टिकोणले हेर्दै आगामि कार्यकालमा आरुघाट -१० लाई एक नमुना, समृद्ध वडा बनाउने अठोटका साथ लागिपर्ने प्रतिबद्धता उनले जनाएका छन् ।