गाेरखा- नेकपा माओवादी केन्द्रका बरिष्ट्र नेता नारायणकाजी श्रेष्ठको गृहपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वािचत भएका छन् । सिरानचाेक गाउँपालिका नेता श्रेष्ठकाे गृहपालिका हाे ।
गाऊँपालिका अध्यक्षमा माओवादीका उम्मेदवार नवराज पुडासैनीलाई १ हजार २३५ मतान्तरले हराउदैं कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र गुरुङ निर्वाचित भएका हुन् ।
२०७४ काे स्थानीय निर्वाचनमा वडा न २ काे वडाअध्यक्षमा निर्वाचित भएका गुरूङले ५ हजार ४ शय ३ मत प्राप्त गर्दै गाउँपालिकाकाे अध्यक्षमा निर्वाचित भएका हुन् । माओवादी केन्द्रका पुडासैनीले ४ हजार १ शय ६८ मत प्राप्त गरेका छन्।
पुडासैनी २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि अध्यक्षमा कांग्रेसका उम्मेदवार राजु गुरुङसँग १६७ मतले पराजित भएका थिए ।
यस्तै उपाध्यक्षमा दाेस्राे कार्यकालका लागि कांग्रेसकी रिता देवकोटा निर्वाचित भएकी छिन् । देवकाेटाले ४ हजार ८ शय ४ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रकी पूर्णकुमारी ढकालले ३ हजार ९ शय २ मत प्राप्त गरिन् ।
कुल २१ हजार ३१८ मतदाता रहेकाे सिरानचाेकमा करिब ६२ प्रतिशत मत खसेकाे थियाे । सिरानचाेकमा ८ वडा रहेका छन् । पाँच वडामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने तिन वडामा माओवादीका उम्मेदवार निर्वाचित भएका छन् ।