गोरखा– भीमसेन थापा गाउँपालिकाका निवर्तमान अध्यक्ष इश्वर पाण्डे चढेको गाउँपालिकाको ३४६ गाडी आज बिहान दुर्घटनामा परेको छ ।
चितवनबाट गोरखा फर्कदै गरेको गाउँपालिकाको गाडी पृथ्वी राजमार्ग अन्र्तगतकाे आँबुखैरेनी- ४, मा दुर्घटना परेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
दुर्घटनामा गाडी अगाडीको भागमा क्षती पुगेको भएपनि गाडीमा सवार निर्बतमान अध्यक्ष पाण्डे सहित सवै सुरक्षित रहेका छन् ।
ट्कलाई छल्ने क्रममा गाडी सडक छेउको डिभाइरमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएकाे छ । बिहिबार गाउँपालिकाले बिदाई कार्यक्रम गरेपछि पनि निबर्तमान अध्यक्ष पाण्डे गाउँपालिकाको गाडी चढेर चितवन हिडेका थिए ।
बिदाई कार्यक्रम सम्पन्न भएपनि गाडी चाबी बुझाएर हिड्नु पर्ने भएपनि निबर्तमान अध्यक्ष पाण्डेले पालिकाको गाडी लिएर चितवन हिडेका थिए । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।