काठमाडौँ- शिक्षक तथा कर्मचारीका लागि नयाँ पोशाक निर्धारण गरिएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नेपाल शिक्षक महासंघको अनुरोधमा यसअघि प्रचलनमा रहेको पोशाक परिवर्तन गरेको छ।
परिवर्तित नयाँ ड्रेस कोडअनुसार गाढा खैरो रंगको सुट (कोट र पाइन्ट), हल्का नीलो रङको कमिज, गाढा खैरो रङको ज्याकेट, कलेजी रङको स्वीटर, कालो रङको जुत्ता प्रयोग गर्नुपर्ने छ।
यी पोशाक महिला र पुरुष दुवैका लागि हुने छ। त्यस्तै महिला शिक्षक तथा कर्मचारीले विगतमा लगाउँदै आएको सारी, ब्लाउज र कुर्ता सुरुवालमा कुनै परिवर्तन नगरिएको केन्द्रले जनाएको छ।
केन्द्रले नयाँ पोशाकका बारेमा आजै देशभरिका सबै शिक्षा निकायमा परिपत्र जारी गरेको छ।