गाेरखा- जिल्ला समन्वय समिति (जिसस) गठनका लागि नेकपा माओवादी केन्द्र, गाेरखाले स्पष्ट बहुमत पाएको छ।
स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने जिससका लागि गाेरखाबाट ११ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा जिसस निर्माणको लागि माओवादीकाे स्पस्ट बहुमत देखिएको हो।
माओवादीले नाैं स्थानीय तहमध्ये प्रमुख र छ उपप्रमुख हात पारेको छ भने नेपाली कांग्रेसले दुई पालिकामा प्रमुख र ५ उपप्रमुख जितेको छ। २०७४ काे निर्वाचनमा पछि कांग्रेसले गाेरखामा जिसस बनाएकाे थियाे ।
कुल २२ जना मतदाता रहेकाे जिसस गाेरखामा माओवादी केन्द्रसंग स्पस्ट बहुमत छ । नाै पालिका प्रमुख र ६ पालिका उपप्रमुख माओवादीसंग छ । कांग्रेससंग भने २ पालिका प्रमुख र ५ उपप्रमुख छ ।
जिससका लागि स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यले उम्मेदवारी दिन पाउछन्। मत भने स्थानीय तह प्रमुख र उपप्रमुखले मात्रै दिन पाउने व्यवस्था छ।
माओवादी केन्द्रले कसलाई प्रमुख तथा उपप्रमुख बनाउँछ भन्ने नै तयारी नै गरेकाे थिएन । उसले गठबन्धन गर्नुपर्ने र जिसस आफ्नो भागमा आउने कुरा तयारी नै गरेको थिएन । त्यसकारण माओवादीले जिसस प्रमुख कसलाई बनाउने भन्नेमा अल्छन देखिएको छ ।
जिल्ला पार्टीका अनुसार हाल छलफलकै बिषय भएकाले केहि पात्रका बिषयमा छलफल भए नि निचाेडमा नपुगिएकाे दावी छ ।
कति पद हुन्छ जिससमा ?
नेपालको संविधानको धारा २२० मा जिल्ला सभा र जिल्ला समन्वय समितिको व्यवस्थाबारे उल्लेख गरिएको छ। जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाहरूका बीचमा समन्वय गर्न एक जिल्ला सभा रहने संविधानको उक्त धारामा उल्लेख छ।
जिल्ला सभामा एकजना प्रमुख, एकजना उपप्रमुख ,कम्तिमा तीनजना महिला र कम्तिमा एकजना दलित वा अल्पसंख्यकसहित बढीमा नौ जना सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्ने संविधानमा उल्लेख छ।
यसरी उम्मेदबार हुने व्यक्ति गाउँ सभा वा नगरसभाको सदस्य हुनुपर्ने छ। जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्य पदमा निर्वाचित भएका त्यस्तो व्यक्तिको गाउँसभा वा नगरसभाको सदस्य पद स्वत रिक्त हुने व्यवस्था छ।