गोरखा- उत्तरी गाेरखाकाे चुमनुब्री गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष निमा लामाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
जिल्ला अदालतमा साेमबार मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले लामालाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।
सपथ ग्रहणपछि उनले सबैसँगको सहकार्य र समन्वयमा आग्रह पुर्वाग्रह नराखी समग्र चुमनुब्रीको विकासमा आफ्नो ध्यान केन्द्रित गर्ने बताए ।
जिल्लाको दश पालिका प्रमुखले गत शुक्रबार संयुक्त रुपमा पद तथा गोपनियताको सपथ लिएपनि भौगोलिक विकटताका कारण लामा सोही दिन उपस्थित हुन सकेका थिएनन् ।