काठमाडौं– सरकारले कोभिड महामारीको नियन्त्रण, रोकथाम र उपचारका लागि हरसम्भव प्रयास गरिएको दाबी गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कोभिड महामारीको नियन्त्रण, रोकथाम र उपचारका लागि हरसम्भव प्रयास गरिएको दाबी गरिएको छ।
नीति तथा कार्यक्रममा भनिएको छ, ‘सरकारले कोभिड महामारीको नियन्त्रण, रोकथाम र उपचारका लागि हरसम्भव प्रयास गरेको छ।’
हालसम्म ९६ प्रतिशतलाई पहिलो र ८५ प्रतिशतलाई पूर्ण मात्रा खोप उपलब्ध गराइएको पनि नीति तथा कार्यक्रममा दाबी गरिएको छ।
‘हालसम्म ९६ प्रतिशतलाई पहिलो र ८५ प्रतिशतलाई पूर्ण मात्रा खोप उपलब्ध भएको छ’ राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको छ, ‘३८ लाख नागरिकलाई खोपको अतिरिक्त मात्रा लगाइएको छ। स्वास्थ्य पूर्वाधार, अक्सिजन, र जनशक्ति व्यवस्थापनमा तीनै तहका सरकार परिचालित भएका छन्।’