काठमाडौं– सरकारले आगामी दुई वर्ष भित्र सुकुमबासी समस्या समाधान गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले यस्तो घोषणा गरेकी हुन् ।
विपन्न परिवारको संरक्षण गर्दै गरिबी निवारण गरिने उनले बताइन् । उद्योगहरुमा भूमिको हदबन्दी खुकुलो बनाउनेदेखि उपयोग नीति तीन वटै तहका सरकारले लागु गर्ने उनको भनाइ छ ।
देशभर जग्गाको विद्युतीय लगत तयार पार्ने सरकारको घोषणा छ । मालपोत स्थानीय तहबाट अनलाइनमार्फत प्राप्तहुनेछ ।