काठमाडौँ- नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ।
संघीय सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्।
नीति तथा कार्यक्रममा सरकारले छिमेकी राष्ट्रसँगको सम्बन्ध थप सुदृढ भएको निष्कर्ष निकालिएको छ। ‘वर्तमान सरकारले छिमेकी र सबै मित्रराष्ट्रसँगको सम्बन्धलाई उच्च महत्त्व दिएको छ।
प्रधानमन्त्रीको भारतको औपचारिक भ्रमण, भारतका प्रधानमन्त्रीको लुम्बिनी भ्रमण र चीनका विदेश मन्त्रीको नेपाल भ्रमणबाट छिमेकी मित्रराष्ट्रसँगको सम्बन्ध थप सुदृढ भएको छ’, नीति तथा कार्यक्रममा उल्लेख छ। त्यस्तै, सरकारले नागरिकता विधेयक छिट्टै टुंगोमा पुर्यारउने घोषणा गरेको छ।
‘संसद्मा विचाराधीन नागरिकता विधेयकलाई सहमतिका आधारमा छिट्टै टुंगोमा पुर्या उन पहल गरिनेछ। राष्ट्रिय परिचय पत्रलाई तदारुकताका साथ वितरण गरिनेछ। यसलाई सबै प्रकारका सेवा प्रवाहमा क्रमशः आबद्ध गर्दै लगिने छ’, नीति तथा कार्यक्रममा भनिएको छ। शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने भनिएको छ। ‘विज्ञान, गणित, अंग्रेजी र प्रविधि शिक्षकको अभाव नहुने गरी सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थीको अनुपातको आधारमा शिक्षक दरबन्दी पुनरावलोकन गरिनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ।
यस्तो छ पूर्णपाठ