गोरखा– स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको एक हप्ता बढि भयाे । मंगलबार मात्रै सपथ खाएका वडाअध्यक्षले कार्यभार समालेको भाेलीपल्ट नै सिफारिस माग्न गएका सेवाग्राहीसंग ‘रबाफ’ देखाएका छन् ।
नेपाली कांग्रेसबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका गोरखा नगरपालिका वडा न १ ताप्लेका वडाअध्यक्ष हिक्मत बहादुर कुंबरले एक सेवाग्राहीसंग ‘चुनाव हराउन लाग्ने अनि सिफारिश माग्ने’ भन्दै नदिने बताएका हुन् ।
ताप्ले घर भएका ६१ बर्षका रून्द्रनाथ भट्ट उपचारका लागि नेपाल क्यान्सर अस्पतालमा उपचार गरिरहेका छन् । नेपाल सरकारले क्यान्सरलगायतका अन्य विरामीलाई औषधी उपचारका लागि एक लाख बराबरको औषधीमा छुट दिने व्यबस्था गरेकाे थियाे । त्यसका लागि वडाकार्यालयबाट अस्पातलमा सिफारिश आउनु पर्छ ।
अस्पातालबाट आबश्यक कागजपत्र सहित छाेरा रमण भट्टले वडाअध्यक्ष कुंबरसंग भौतिक रूपमा उपस्थिति हुन नसकिएकाे तर सिफारिश आबश्यक भएको आशयले वडाअध्यक्षसंग अनलाइन मार्फत आबश्यक डकुमेन्ट उपलब्ध गराउने शर्तमा सिफारिश माग्छन्।
गोरखा सन्देशलाई प्राप्त अडियोमा सिफारिश दिन नसक्ने भन्दै वडाअध्यक्ष कुंबर सकेको गर्न ‘हुकुमी शैली’मा प्रस्तृत हुन्छन् । उनले प्राप्त अडियाेमा भनेका छन्- ‘मलाई चुनाव हराउन २५ लाख खर्च गर्ने तिमिहरू अहिले सिफारिश माग्ने ।’ वडाअध्यक्ष पदका उम्मेदवार भएका कुंबरको गुनासो थियो– ‘तिमिहरू चुनाव हराउन लाग्ने तिमिहरूलाई कसरी सिफारिश दिने ।’
तर वडाअध्यक्ष कुंबर भने सामान्य विवाद भएकाे बताउछँन् । ‘त्याे समान्य विवाद हाे । तपाईहरुले बुझिदिनु प¥यो’, उनी भन्छन् ‘पहिला म राजनीतिमा नयाँ थिए । मलाई केहि पनि थाहा थिएन । म सबैकाे घर-घरमा गएर सिफारिश दिन्थे । उनीहरू पनि त्यहि सम्झेर यसरी माग्नु भएकाे हाेला, मैले अब प्रकृयाबाट आउनु पर्यो। अनि मात्रै दिन सक्छु भनेको थिए ।’
वडाअध्यक्षका अनुसार अहिले सबै पकृया मिलेर पनि कागजपत्र पठाईसकेको दावी गर्छन् ।
अडियोमा भनिएकाे छ,
सेवाग्राही : काका मेरो बुबा बिरामी छन म काठमाडौ छु मलाइ हस्पिटल को काम एउटा वडाको सिफारिस इमर्जेन्सी दिनुस न ?
वडाअध्यक्ष : कोहि मान्छे पठाउ निवेदन सहित अनि दिन्छु ।
सेवाग्राही : मैले आबश्यक सबै कागज निबेदन इमेल / मेसेजमा पठाएको छु ओर्जिनल आएसी पनि दिउलाँ ?
वडाअध्यक्ष : हैन कोहि पठाउ न वडामा पैले पैले जस्तो हुन्न अहिले मलाई चुनावमा हराउनलाई २५ लाख खर्च गर्छु भन्ने अहिले मसंग सिफारिस माग्ने ? मेरो अधिकारको कुरा हो ।
(गाेरखा सन्देशसंग अडियाे सुरक्षित छ)