गाेरखा- बारपाक सुलिकोट गाउँपालिका-८, पाँचखुवा देउरालीमा हाजिरि जवाफ प्रतियाेगिता सम्पन्न भएकाे छ ।
गोरखा सेवा समाज कतार र नेपाल शाखाको संयुक्त आयोजना तथा शिक्षा बिकाश तथा समन्वय इकाई गोरखा र बारपाक सुलिकोट गाउँपालिका शिक्षा शाखाको समन्वयमा भएको हो ।
प्रतियोगितामा बारपाक सुलिकोट गाउँपालिका ४ को दुर्गा माध्यमिक विद्यालय, सिद्धार्थ माध्यमिक विद्यालय र हिमालय माध्यमिक विद्यालय, अन्तर ज्योती, माइकोट, सुर्यज्योती, जलकन्यादेवी, माझथर र ७ को शैलपुत्री माध्यमिक विद्यालयको सहभागीता रहेको समाजका अध्यक्ष रामजी खत्रीले जानकारी दिए ।
अन्तर ज्योति माध्यमिक विद्यालय प्रथम भएको छ । हाजिरी जवाफमा सुर्य ज्योती माध्यमिक विद्यालय द्वितिय र माझथर माध्यमिक विद्यालय तृतिय भए । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश ५, ३ र २ हजारका साथै प्रमाण पत्र प्रदान गरिएको गोरखा सेवा समाजले जनाएको छ ।
पाँचखुवा देउरालीको शैलपुत्री माविमा भएको कार्यक्रममा समाजले मानव सेवा आश्रमको सहयोगमा युवा शसत्तिकरणका लागि सकारात्मक सोच एवं मानवता प्रवद्र्वन कार्यक्रमको समेत आयोजना गरिएको थियो ।