गोरखा- सेवाग्राहीलाई चुनाव हराउन लाग्ने अनि सिफारिश माग्ने भन्दै विवादमा आएका गोरखा नगरपालिका वडा न १ ताप्लेका वडाअध्यक्ष हिक्मत बहादुर कुंवरले ऎतिहासिक ताप्लेकोट देबिमंदिर संरक्षण गर्ने घोषणा गरेका छन् ।
बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट दोश्रो कार्यकालको लागि निर्वाचित भए संगै पदभार ग्रहण कार्यक्रममा कुवरले सबैभन्दा पुरानो लगभग ऎतिहासिक र परिचित धार्मिक स्थल ताप्लेकोट देबी मन्दिर संरक्षण गर्ने घोषणा गरेका हुन् ।
वडाकाे गहनाको रुपमा रहेको देबी मन्दिर निर्माणले ऎतिहासिक धार्मिक र पर्यटकीय हिसाबले पनि विकाश हुने भएकाले पहिलो रोजाइमा उक्त स्थानलाई चयन गरिएको उनले बताए ।
वडामा रहेका सबै दलहरुका जनप्रतिनिधिहरु र जनताको सल्लाह र सुझावको आधारमा आफुले वडा बासिहरुकै हितमा काम गर्ने उनकाे दावी छ ।
आफु जनप्रतिनिधि भएर आएकै नागरिकहरुको सेवा गर्नको लागि हो भन्दै सबैलाई समान व्यवहार र छिटो छरितो काम गर्ने आफ्नो प्रमुख उद्देश्य रहेको उनले बताए ।