२०७६ चैत्र ११ गते नेपालमा लकडाउन भयो । लकडाउन भएपछि दैनिक यात्राको साथीका रूपमा एउटा बाइक खरिद गर्ने निर्णयमा पुगे । लकडाउनमा कम्तीमा पनि केही सहज हुने अनुमानले किनेको बाइकमा धेरै चोटि काठमाडौँ-अजिरकाेट (खरिबाेट, गोरखा)को यात्रा गर्न मद्दत पुग्यो ।
प्राय सार्वजनिक सवारीमा हिँड्ने म लकडाउनले बाइक चलाउन सिकाएको थियो । यात्राको साथी पनि बनाएको थियो । करिब ३० महिनापछि पहिलो चोटि त्यही यात्राको साथी छोडेर १४१ किलोमिटर रहेको काठमाडौँ-गाेरखाकाे सार्वजनिक बस (माइक्रो)मा जाने निर्णय गरे ।
काठमाडौँबाट गोरखा जाने समयमा थाहा भयो ३४५ रुपैयाँ रहेको भाडfदार बढेर ५५५ पुगेको रहेछ। गोरखामा करिब ३५ वटा भन्दा बढी रहेको माइक्रो सञ्चालन गर्ने गोरखा दरौंदी यातायात प्रा.लिको एउटा राम्रो पक्ष के भने फोन गरेर रोकिएको सिट आफ्नो नाममा टिकट काटेर आउँछ । प्राय यात्राको साथी भन्दा अघि यसरी नै काठमाडौँ-गोरखा यात्रा गर्थे म । तर, त्यही यातायात प्राविद्वारा सञ्चालन भएको एक माइक्रोले क्षमता भन्दा बढी यात्रु लिएर काठमाडौँ हुर्कियो ।
खासमा भाडदार १२० रूपैया बढेको चाहिँ डिजेलको मूल्यवृद्धि पनि एक हो । लकडाउनको समयमा भन्दा अघि डिजेलको मूल्य ८० को हाराहारी थियो, अहिले बढेर १६३ पुगेको छ । सरकारले डिजेलमा मूल्यवृद्धि बढेसङै भाडदार पनि बढाएको समाचार सुनिरहेको हो । लेखिरहेको हो ।
खासमा आज मैले चर्चा गर्न खोजेको विषय चाहिँ अझै पनि चालक तथा सहचालकले कसरी ट्राफिक प्रहरीसँगको मिलेमतोमा कसरी बढी यात्रु राख्छन्, त्यसमा बारेमा चर्चा गर्न खोजेको हो । सामान्यतया, एउटा माइक्रोको सिट क्षमता १६ जनाको हुन्छ । तर, गोरखा-काठमाडौँ चल्ने प्राय दिउँसो १ बजेपछिका माइक्रोमा यात्रुको क्षमताभन्दा बढी ल्याउने गर्दा रहेछन् ।
काठमाडौँबाट गोरखा जाने क्रममा गत आइतबार मलेखुमा खाजा खाएपछि गएको माइक्रोले काठमाडौँ आउँदै गरेको माइक्रोलाई धार्दिङकाे वेनिघाट नजिक फेला पार्याे । गोरखाबाट आएको माइक्रोले हर्न बजाउदैं काठमाडौँबाट गएको माइक्रो चालकसँग सांक्रेतिक भाषामा सोध्यो- सडकमा ‘मामा’ (ट्राफिक प्रहरी) कति छन् । काठमाडौँबाट गएको माइक्रोले नभएको सङ्केत ग¥यो । त्यो पनि १० सेकेन्डमा ।
करिब ६०-७० को स्पिडमा भएको माइक्रो चालकले कति बुझे थाहा भएन । तर, काठमाडौँबाट गोरखा जाँदै गरेको माइक्रोका चालकले भन्दै थिए- धेरै यात्रु लिएर आएको होला, सडकमा मामा छन् कि छैनन् भनेर सोधेको हो । बेलुका ८ बजेतिर गोरखा पुगेको माइक्रो बसपार्कतिर गयो । म भने आफ्नो बाटो लागे ।
गोरखा बजारमा सामान्य काम सकेर काठमाडौँ फर्किने क्रममा फेरि यातायातको काउन्टरमा फोन गरी काठमाडौँ जाने माइक्रोको टिकट फोनबाट नै बुक गरे । गोरखाबाट काठमाडौँका लागि छुट्ने त्यही नै अन्तिम माइक्रो थियो । म हरमटारीबाट माइक्रो चढ्ने भन्दै नम्बर उपलब्ध गराए ।
काउन्टरमा रहेका कार्यालय सहयोगीले भन्दै थिए- माइक्रोको सिट भरिएको छ । तिन बजे भनिएको माइक्रो २:३० मा नै आउँछ, तयारी भएर बस्नु होला । म तयारी भएर बसेको थिए । माइक्रो भनिएको समयभन्दा केही ढिला गरी आयो । तर, १६ सिट क्षमता भएको माइक्रोमा पहिला नै १९ जना यात्रु लिएर आएको थियो । आयुर्वेदिक चोकमा थप दुई जना चढायो ।
मलाई लाग्यो, अन्तिम माइक्रो भएकाले गोरखाका उत्तरी क्षेत्र बारपाक-भच्चेक जाने यात्रु पनि संगै होलान् । गोरख बजार हुदैं काठमाडौँ आएको माइक्रो १२ किलो बजार हुदैं गोरखा छिर्ने मुख्य नाका अबुँवामा आइपुग्यो । अबुँवामा ट्राफिक प्रहरीको राम्रो नै उपस्थिति छ । गोरखा जाँदै गरेको माइक्रोले अघिल्लो दिन हामीसङ कुरा गर्दै भनेका थिए- अबुँवामा आएको नयाँ ट्राफिकले ‘एक्युज’ दिन्न। ठाउँको ठाउँ चिट काट्छ ।
अघिल्लो दिन त्यसो भनेका चालकको कुरा तब थाहा भयो उनै ट्राफिकले जानु भन्दै जनाउ सङ्केत दिए । गोरखा जिल्ला कटेपछि तनहुँको आँबुखैरेनीमा ट्राफिक प्रहरीको राम्रो जनशक्ति भएको सङ्गठन मौजुद छ । आँबुखैरेनिको ट्राफिक पोस्टमा केही समय माइक्रो रोकियो । माइक्रोका सहचालकले विना लाइसेन्स गएर एउटा चिट ल्याएका रहेछन् । त्यो त हामीलाई काठमाडौँको चेकपोस्ट नागढुङ्गामा आएपछि थाहा भयो ।
उनले १ हजार ५०० को फाइन काटेको चिट लिएर आए । अनि रन्किएको माइक्रो एकैचाेटी सलाङघाटकाे एक हाेटलमा आएर रोकियो । खाजा खाएर काठमाडौँको रफ्तारमा हिडेकाे माइक्रो एकैचाेटी गल्छीमा रोकियो । गल्छीमा एक निजी संस्थामा काम गर्ने दुई जना झर्नु भयो । अनि, माइक्रो केही खाली भयो । हावा बल्ल चल्न थाल्यो । नत्र पृथ्वी राजमार्गका धुलो र गर्मीले हामी निसासिएका थियौँ ।
गल्छीमा रोकिएको माइक्रो एकैचाेटी धार्दिङकाे सिम्लेबजारमा आएर रोकियो । त्यहाँ पनि एक जना झर्नुभयो । अनि माइक्रोमा चालक, सहचालकसहित हामी माइक्रोमा सवार २० जना भयो । गर्मीले धपक्कै भएको माइक्रोमा नागढुङ्गाकाे उकालोमा आएपछि चिसो हावासँगै केही शीतल भएको महसुस भयो ।
अझ, उकालोमा बन्दै गरेको सुरूङमार्ग र त्यस सडकखण्डकाे कन्तबिजोग सडकको हालत त उस्तै थिए । त्यसलाई छल्दै २० यात्रु बोकेर काठमाडौँको एक मुख्य नाका चेकपोस्ट नागढुङ्गामा आएर रोकियो । चेकपोस्टमा रोकिएपछि माइक्रोका सहचालक तल झर्दै ट्राफिकसङ भलाकुसारी गर्न थाले ।
कुराकानीमा नागढुङ्गा चेकपोस्टका ट्राफिकले भने- यत्रो मान्छे हालेर आउनु भएको रहेछ । चिट चाहिँ कता काट्नु भयो ? चालक र सह-चालकले मिसिएको आवाजमा भने- तनहुँको आँबुखैरेनीमा काटिएको हो सर ।
त्यहाँबाट छुटकारा पाएको माइक्रो गतब्यमा पुग्यो, अनि म नि आफ्नो बाटोमा लागे । आफ्नो बाटो लाग्दै गर्दा माइक्रोमा यात्रा गर्दै गर्दा चालक सह-चालकले मेरो परिचय थाहा पाएका थिए ।
मैले बसपार्कमा आएपछि सोधे- के गर्नुभएको त यस्तो ? १६ सिट क्षमताको माइक्रोमा २३ जना (चालक, सहचालक)सहित त चढाउनु भएन नि ? यातायात तथा ट्राफिकले कारबाही गर्दैनन् ?
उनको उत्तर थियो- डिजेलमा मूल्यवृद्धि छ । खर्च त उठाउनु प¥यो नि ?
मैले फेरि सोधे- मूल्यवृद्धि भए नि भाडदार पनि बढेको छ त ?
उनले फेरि भने- अन्तिम माइक्रोमा प्राय यस्तै हुन्छ ।
अनि सोधे- बाटोमा ट्राफिक प्रहरी र यातायातको कर्मचारीले अनुगमन गर्ने, कारबाही गर्ने डर हुन्न ?
अन्तिममा उनले भने- यातायातको कर्मचारी त गोरखा, १२ किलोमा र काठमाडौँमा मात्रै हुन्छन् । ‘मामा त हाम्रो नै हो नि ।’
म चुप लागेर कोठातिर लागे ।