काठमाडौँ- प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो ११ बजे बस्दैछ। आज बस्ने बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।
राष्ट्रपतिले सोमबार बसेको बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पढेर सुनाएकी थिइन्। त्यसअघिका बैठकमा सांसदहरुले नीति तथा कार्यक्रमका सिद्धान्तमाथि केन्द्रित रहेर छलफल गरेका थिए।
संसद सचिवालयले आज दिउँसो ११ बजे बस्ने गरी सोमबारको बैठक स्थगित गरेको थियो। संसदको सम्भावित कार्यसूचीमा राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्ने उल्लेख छ।
त्यस्तै, सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरु प्रस्तुत हुने र सम्बोधनमाथि छलफल हुने कार्यसूची तय भएको छ।