काठमाडौं- जेठ १६ गतेदेखि हुने १२ कक्षाको परीक्षा समय परिवर्तन भएको छ। यसअघि ११ बजेदेखि तोकिएको परीक्षा समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि तोकिएको छ।
राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गरी परिक्षा समय परिवर्तन भएको जनाएको हो।
विभिन्न सरोकारवाला निकायको परामर्शका आधारमा परीक्षा समय परिवर्तन गरिएको बोर्डले जनाएको छ।