पोखरा- सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ ।
विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको नेपाली सेनाले जनाएको छ । सो हिमालको फेदीमा विमान दुर्घटना भइरहेको स्थानीयले देखेको सेनाले पुष्टि गरेको छ ।
उनले भने, ‘त्यहाँ जहाज दुर्घटना भएको सूचनापछि सबै फौजलाई त्यसतर्फ केन्द्रित गराइएको छ, यद्यपि टोली पुगिसकेको छैन ।’ उनका अनुसार नेपाली सेनाको हवाइ फौज कोभाङ भन्ने स्थानमा छ, अहिले स्थानीयले दुर्घटना भएको भनेको स्थानदेखि यो कम्तीमा तीन घन्टाको दूरीमा पर्छ ।
तारा एयरको ९ एएनएइटी कल साइनके ट्विनअटर जहाज बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो ।