गाेरखा- बारपाक सुलिकाेट गाउँपालिकाले व्यक्तिग घटना दर्ता अनलाईनबाट सुरू गरेकाे छ । स्थानीय तह सदस्य निर्वाचनपछि बसेकाे पहिलाे कार्यपालिका बैठकले आजबाट व्यक्तिगत घटना दर्ता अनलाइनमार्फत गर्न निर्णय गरेकाे हाे ।
कार्यापालिका बैठकले संघिय सरकारले दिदैं आएकाे आइतबारकाे विदासमेत नदिने निर्णय गरेकाे पालिकाका प्रवत्ता जितबहादुर उपरकाेटीले जानकारी दिए ।
पालिकामा जनस्वास्थ्यकाे पहुँच विस्तार गर्ने उद्देश्यले चारवटा ठाँउबाट नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न निर्णय गरेकाे छ । पालिकाकाे वडा न ६ डाडाँगाँउ, वडा न ७ काे अमले, वडा न ८ काे गैर्हिछाप र वडा न ४ साैरपानीकाे बद्रीडाडाँबाट स्वास्थ्य सेवा सञ्चालन गर्ने निर्णय गरेकाे उनले जानकारी दिए ।
स्वास्थ्य क्लिनिकमा तत्काल एक जना स्वास्थ्यकर्मी नियमित खटाउने, पालिका भित्र हुने विपद् पिडित, अपाङ्ग नागरिकलाई एम्वुलेन्स सेवा निशुल्क गर्न निर्यणसमेत गरेकाे छ ।
लगातार धेरै गुनासो र अलोचना हुदैं आएको सामाजिक सुरक्षा भत्ता बैंकसंग सहकार्य गर्दै आगामी दिनदेखि टोल–टोलमा पु¥याउने निर्यण गरेको छ । स्थानीय तहका कमिकमजोरीले जेष्ठ नागरिक तथा बुद्वाहरू दिनभरि बैंकमा गएर लाइन बस्नु परेको भन्दै स्थानीय सरकार आलोचित भएका थिए ।
आर्थिक बर्ष २०७९/०८० को योजना छनौट गर्ने पुराना बाँकि रहेका आयोजनालाई निरन्तर दिने र जनताको आवश्यकता अनुसार नयाँ योजना पनि ल्याउने तयारी पालिकाले गरेको छ । स्थानीय तहले असार १० भित्र बजेट ल्याउनु पर्ने कानुनी प्रावधान छ ।