गाेरखा- सरकारले आर्थिक वर्ष २०७९/८० का लागि गाेरखाका स्थानीय तहमा करिब ४ अर्ब ५५ करोड ६ लाख बजेट विनियोजन गरेको छ । याे आर्थिक वर्ष २०७८/७९ काे तुलनामा बढि बजेट हाे ।
आर्थिक वर्ष २०७८/७९ का लागि जिल्लाका स्थानीय तहलाई ४ अर्व ४ कराेड १३ लाख बजेट विनियोजन गरेको थियाे । याे बर्ष गाेरखाका स्थानीय तहले कम बजेट पाएका हुन् ।
अर्थ मन्त्रालयले अन्तर सरकारी वित्तीय हस्तान्तरण मार्फत आगामी आर्थिक वर्षका लागि जिल्लाका ११ वटाै स्थानीय तहलाइ उपलब्ध गराएको अनुदान बजेट सार्वजनिक गरेको छ। योसँगै अर्थ मन्त्रालयले जिल्लाका २ नगरपालिका र ९ गाउँपालिकाले पाउने अनुदान रकमको विवरण सार्वजनिक गरको छ ।
मन्त्रालयले सार्वजनिक गरेकाे विवरणामा गाेरखा नगरपालिकाले ६३ करोड ६ लाख, पालुङटार नगरपालिकाले ५७ करोड ६७ लाख, अजिरकाेट गाउँपालिकाले ३० करोड २४ लाख, आरुघाट गाउँपालिकाले ४० करोड ४८ लाख, गण्डकी गाउँपालिकाले ४५ करोड र चुमनुब्री गाउँपालिकाले १९ करोड ८२ लाख बजेट पाउने भएका छन् ।
धार्चे गाउँपालिकाले २७ करोड ७४ लाख, भीमसेनथापा गाउँपालिकाले ३९ करोड १५ लाख, शहिद लखन गाउँपालिकाले ४५ करोड ७३ लाख, सिरानचोक गाउँपालिकाले ४५ करोड ८७ लाख र बारपाक सुलिकोट गाउँपालिकाले ४० करोड ३० लाख बजेट पाएका छन् ।
अघिल्लाे आर्थिक बर्षमा गाेरखा नगरपालिका ५६ कराेड ९५ लाख, चुमनुव्रीले २० कराेड १३ लाख, गण्डकीले ४० कराेड ७२ लाख, सिरानचाेकले ४२ कराेड, आरुघाटले ३७ कराेड ६५ लाख र धार्चेले २४ कराेड १७ लाख बजेट पाएका थिए ।
पालुङटारले ५१ कराेड ४ लाख, अजिरकाेटले २९ कराेड ४८ लाख, भिमसेन थापाले ३७ कराेड ४२ लाख, शहिद लखनले ४० कराेड ५३ लाख र बारपाक-सुलिकाेटले ४० कराेड ३ लाख अनुदान रकम पाउने भएका हुन् ।
याे पनि,
गाेरखाका स्थानिय तहलाई कति बजेट ? [पूर्ण विवरण सहित]
वित्तीय हस्तान्तरणमा गाेरखाका स्थानिय तहलाई कति बजेट ? [पूर्ण विवरण सहित]