काठमाडौं– पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी(जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले ऋण काढेर घिउ खुवाउने बजेटमा जोड दिन नहुने बताएका छन्।
उनले प्रचारमुखी भन्दा देशको कूल धन/लगानी/रोजगारी बढाउने बजेटमा जोड दिनु पर्ने बताउँदै आइतबार अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको बजटका केही विषय राम्रा रहेको बताएका छन्।
बुधबार टि्विट गर्दै भट्टराईले कृषिक्षेत्रको सुधार, निर्यातमूलक उद्योगलाई कर/बिजुली महसूल सुविधा, एनआरएनएलाई धितोपत्र खुला, निर्माण कम्पनीलाई विदेश खुला,विदेशीलाई अपार्टमेन्ट लगायतका विषय मन परेको उल्लेख गरेका छन्।
ऋण काढेर घीउ ख्वाउने पपुलिष्ट खाले हैन देशको कूल धन/लगानी/रोजगारी बढाउने बजेटमा जोड दिऊॅ।त्यसरी हेर्दा@JSPrabhakar बजेटको यी कुरा मन पर्योःकृषिक्षेत्रको सुधार+निर्यातमूलक उद्योगलाई कर/बिजुली महसूल सुविधा+NRN लाई धितोपत्र खुला+निर्माण कम्पनीलाई विदेश खुला+विदेशीलाई अपार्टमेन्ट इ.।
— Baburam Bhattarai (@brb1954) June 1, 2022