गोरखा- गोरखामा चितुवाको आक्रमणमा परेर प्रहरी हबल्दारसहित तीनजना घाइते भएका छन्।
मंगलबार साँझ पालुङटार नगरपालिका ४ रानीटारमा स्थानीयसहित प्रहरीलाईसमेत चितुवाले आक्रमण गरेको हो।
चितुवाको आक्रमणमा परेर नेपाल प्रहरीका सहायक हबल्दार सुनिल रायमाझी, स्थानीय केशरबहादुर नेपाली र १६ वर्षीय किशोर अभिषेक भण्डारी घाइते भएका गोरखाका डीएसपी लिलाराज लामिछानेले जानकारी दिए।
डीएसपी लामिछानेका अनुसार बारीमा काम गरिरहेका स्थानीयलाई चितुवाले आक्रमण गरेको खबरपछि गाउँमा पुगेको प्रहरी टोलीलाई पनि चितुवाले आक्रमण गरेको हो।
चितुवाले आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन्। चितुवाबाट जोगिएर बस्ने स्थानीय प्रशासनले गाउँलेलाई आग्रह गरेको छ।