गोरखा- गाेरखा नगरपालिका–१३ स्थित तीन किलोमा बस र मोटरसाईकल ठोक्किएर दुर्घटना भएकाे छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
गोरखाबाट आबुखैरेनी जार्दै गरेको ना ५ ख ५००५ बस र ग २१ प ४८८ मोटरसाइकल दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवारी पालुङटार नगरपालिका–५ का ४५ वर्षीय हरि देवकोटा घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएकाे छ ।
शनिबार करिब ११:४५ बजे तिर यात्रु झार्ने क्रममा रोकि राखेको बसमा मोटरसाईकल ठोक्किन पुगेको हाे ।
घाइते देवकोटाको खुट्टामा गम्भीर चोट लागेको र उनलाई उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएकाे छ ।