काठमाडौँ- नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा पार्टीभित्र भएका सम्पूर्ण गलत कामहरुको छानबिन गरिनुपर्ने माग गरेका छन्।
मुख्य नेताले नै पार्टीलाई बिगार्ने काम गरेको र यसमा सबैभन्दा बढी जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीले लिनुपर्ने भुसालले बताएका हुन्।
नेता भुसालले भने, ‘पार्टीमा छानबिन गरियोस्, खोजेर हेरियोस्। एउटा घटना होइन, चुनावमा हारिएको विषय बढीमा १५ प्रतिशत होला, योभन्दा अगाडि प्रणालीगत रुपमा ओलीले बिगार्नुभएको छ, त्यसमाथि खोजखबर गर्नुपर्छ।’
अध्यक्ष ओलीकै कारण एमाले बिग्रिएको भुसालको दाबी छ।
उनी भन्छन्, ‘अध्यक्ष ओलीले संसद विघटन गर्नुभएको छ। संघीय र प्रदेश सरकारहरु हिँडाउनुभएको छ। महाधिवेशनमा लिस्ट पढ्नुभएको छ। लिस्ट पढेर पनि नभएपछि फलाना–फलाना चारजनालाई भोट नदेऊ भनेर ह्विप जारी भएको छ। आदि–इत्यादि सबै विषयको छानबिन हुनुपर्छ।’