काठमाडौं- नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ ।
पार्टीको सचिवालय समितिको आइतबार बसेको बैठकले यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।
अहिले राज्यमन्त्री रहेका भवानी खापुङबाहेक सवै मन्त्रीहरु फिर्ता हुनेछन् । राज्यमन्त्री खापुङलाई भने स्वास्थ्य मन्त्रीका रुपमा बढुवा गरिनेछ ।
अन्यमन्त्रीहरुमा पर्यटनमा जीवनराम श्रेष्ठ, शहरीमा मेटमणि चौधरी, श्रममा शेरवहादुर कुंबर मन्त्री हुनेछन् । यो नाम बालुवाटारमा पठाईसकिएको ती नेताले जानकारी दिए ।
हिराचन्द्र केसी लाई भने राज्यमन्त्री बनाइनेछ ।
समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी थिए ।