गाेरखा- जिल्ला समन्वय समिति (जिसस) गोरखाको निर्वाचन जेठ ३० गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आईतवार सुचना जारी गर्दै पालिकाहरुको निर्वाचन सकिएकाले अब जिससको निर्वाचन गर्ने उल्लेख गरेको हो ।
मुख्य निर्वाचन अधिकृतकाे कार्यलयका अनुसार ३० गते हुने निर्वाचनको लागि आज मतदाता नामावली प्रकाशन, २५ गते उम्मेदवारको मनोनय दर्ता तालिका सार्वजनीक गर्ने तयारी छ ।
जिसस गाेरखाका मतदातामा गाेरखाका ११ पालिकाका प्रमुख तथा उपप्रमुख हुन् । माओावादीसंग १५ मतदाता छन् भने नेपाली कांग्रेससंग ७ मतदाता रहेका छन् ।
जिसस प्रमुख, उपप्रमुख सहित ९ सदस्यिय समितिका लागि उम्मेदवार भने नगर तथा गाउँसभाका सदस्यहरु बन्न पाउने ब्यवस्था छ । समन्वय समितिको लागि गोरखामा माओवादी केन्द्रको बहुमत सदस्यहरु छन् ।
जिसस प्रमुख, उपप्रमुख बन्न वडाअध्यक्षदेखि निर्वाचित सदस्यसम्मले उम्मेदवारी दिने पाउँछन् ।
जिसस प्रमुख बन्न अजिरकोटका सनिल परियार, गण्डकीका शिव रेग्मी, बारपाक–सुलिकोटका माेहन ढकाल र गोरखाका माेहन बहादुर थापा मुख्य आंकाक्षी हुन् । स्राेतका अनुसार उनीहरू नेताहरूको दैलोमा ‘लविङ’ गर्न थालेका छन् । उनीहरूले माओवादीका केन्द्रीय स्तरका नेता तथा जिल्ला तहका नेतासम्म लविङ चलाउन थालेका छन् ।
संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचन भएको एक महिनामा जिससको निर्वाचन भइसक्नुपर्छ।