काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) नस्वीकार्ने बताएका छन्।
अर्का महामन्त्री गगन थापाले संसदमा यसबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग जवाफ मागेकै दिन शर्माले पनि सामाजिक सञ्जालमा बोलेका हुन्।
उनले एसपीपी प्रस्तावलाई लिएर नेपालले अमेरिकासँग नो भन्न सक्नुपर्ने पनि बताएका छन्।
‘अमेरिकालाई प्रष्ट भन्नुपर्छ -‘नो थ्याङ्क्स, एसपीपी हामीलाई स्वीकार्य छैन’, शर्माले भनेका छन्, ‘कांग्रेसको धारणा यही बन्नेछ। कांग्रेस नेतृत्वको सरकारले यही धारणा प्रतिनिधित्व गर्नेछ।’
उनले विकास साझेदारीमा हातेमालो गर्न तयार भए पनि रणनीतिक प्रस्ताव नस्वीकार्ने बताए। ‘हामी साझा ढंगले प्रष्ट छौँ, समुन्नतिमा सबैको साथ स्वीकार्य’, उनले अगाडि भनेका छन्, ‘सामरिक सहकार्यको रणनीतिक प्रस्ताव सदैव अस्वीकार्य !’