काठमाडौं- सरकारले ढुंगा, गिट्टी, बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड संशोधन गरेको छ। संशोधित मापदण्डले क्रसर उद्योग खोल्नलाई सहज बनाएको छ।
यसअघि पहाडि र तराई क्षेत्रमा स्थापना हुने क्रसर उद्योगलाई उत्खनन् गर्न विभिन्न दुरी तय गरिएको थियो। पुरानो मापदण्डमा राजमार्गको राइट अफ वेबाट ५ सय मिटरमा क्रसर उद्योग खोल्न पाइँदैन थियो। अब भने राजमार्गको राइट अप वेबाट तराई क्षेत्रमा ५ सय मिटर र पहाडि क्षेत्रमा २ सय मिटर कायम गरिएको छ।
त्यसैगरी अन्य विभिन्न क्षेत्रमा क्रसर उद्योग दर्ता गर्नसमेत दुरी परिमार्जन गरिएको छ। नयाँ मापदण्डमा प्रत्येक वर्षको असार १ देखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन् गर्न नपाइने व्यवस्था गरिएको छ।
लोकामर्गबाट ३०० मिटर, खोला किनरबाट २०० किलोमिटर र पुलबाट ५०० मिटर छोडेर उद्योग सञ्चालन गर्न नयाँ मापदण्डले बाटो खोलेको छ ।
यस्तै प्रसारणलाइनको पोलबाट हुनुपर्ने दूरी पनि एक सय मिटर मात्रै काम गरिएको छ । यसअघि प्रसराण्रलाइनबाट २ सय मिटर टाढा मात्रै नदीजन्य पदार्थको उत्खनन गर्न पाइने व्यवस्था थियो ।
अन्तर्राष्ट्रिय सीमाबाट कायम गर्नुपर्ने दूरी पनि घटेको छ । यसअघि २ किलोमिटर टाढा हुनुपर्ने थियो भने अहिले १ किलोमिटर मात्रै कायम भएको छ ।
यसअघिको मापदण्डले सम्बन्धित पालिकाले ठेक्कामार्फत बिक्री गर्ने बन्दोबस्त मिलाउने उल्लेख थियो । संशोधित मापदण्डमा भनिएको छ, ‘पालिकाहरुले ड्याम वा तटबन्धन निर्माण गरेर उन्नत प्रविधिद्वारा रिभर माइनिङ र बालुवा प्रशोधन गर्ने, विक्री कार्य सार्वजनिक निजी साझेदारीमा गर्न सक्ने छन् ।’
यस्तो छ परिवर्तित मापदण्ड
MOFAGA_Notice_20220616015500