काठमाडाैं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पुर्नगठन गर्ने भएका छन् । कंचनपुर भ्रमण रहेका प्रधानमन्त्री देउवा आज सांझ फर्केलगत्तै नयां मन्त्रिहरुको सपथको तयारी छ ।
प्रधानमन्त्री देउवाले एकिकृत समाजवादीका मन्त्रिहरुलाई आजै सांझ सपथ गराउने तयारी रहेको स्रोतको दावी छ ।
एकिकृत समाजवादीले आफ्नो पार्टीबाट सरकारका रहेका मन्त्रिहरुलाई फिर्ता बोलाएर नयां पठाउने निर्णय गरिसकेको छ ।
प्रधानमन्त्री देउवाले सुरुमा पुर्नगठन गर्न नमानेपछी विवाद भएको थियो । समाजवादीले पार्टीको निर्णय कार्यान्वयन नभए समर्थन फिर्ता लिन सक्ने धम्की दिएपछी देउवा नयां मन्त्रिहरुलाई नियुक्त गर्न सहमत भएका हुन् ।
एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी छन् । उनिहरुमध्ये खापुङको स्वास्थ्यमन्त्रीमा बढुवा भएको छ भने अरु सबैलाई फिर्ता बोलाउने निर्णय समाजवादीले गरेको छ ।
समाजवादीले जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा सिफारिस गरेको छ ।