गोरखा– लायन्स क्लव अफ गोरखा दरौदीको वर्ष २२/२३ को अध्यक्षमा रमेश विष्टले आफ्नो कार्यकाल वृक्षारोपण तथा क्लवको आफ्नै सचिवालयको उद्घाटन गरेर शूरुवात गरेका छन् ।
सन २०१६ नोभेम्वर २ मा चार्टर भएको क्लवको सचिवालयको शनिवार आयोजित एक कार्यक्रमका वीच लायन्स क्लव इन्टरनेसनल डिष्ट्रिक ३२५ आइका गभर्नर राम वहादुर वसेलले रिवन काटेर गरेका हुन् ।
यस अघि झोलामै कार्यालय रहने अवस्था रहेको क्लवको सचिवालय उद्घाटन कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दे गभर्नर वसेलले समाजसेवाको भावका साथ छोटो समयमै क्लवले गरेका सामाजिक तथा सेवामुलक कामवाट आफू प्रभावित भएको वताउदै स्थायी क्लव र गुणस्तरीय सदस्य निर्माणमा जोड दिए ।
मोफसलमा रहेर पनि क्लवले गरेको समाजसेवावाट आफू प्रभावित भएको भन्दै वसेलले क्लवको प्रशंशा समेत गरे।
क्लवका अध्यक्ष विष्टको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव इन्टरनेसनल डिष्ट्रिक ३२५ आइका प्रथम उप गभर्नर चन्द्र कुमार केसी, फष्ट लेडी भावना वसेल, सिनियर एओजी विकास थापा, गोरखा नगरपालिका वडा नम्वर १० का वडासदस्य गोकर्ण वहादुर थापा लगाएले मतव्य राखेका थिए ।
जुलाई एक तारिखवाट शुरु हुने क्लव पदाधिकारीहरुको कार्यकालको पहिलो कार्यक्रम अन्तर्गत क्लवले तारा माविमा वृक्षारोपण समेत सम्पन्न गरेको अध्यक्ष विष्टले जानाकरी दिए ।
क्लवको वर्तमान कार्यकालको लागि प्रथम उपाध्यक्ष कमल नारायण श्रेष्ठ, सचिव सन्तोष रेग्मी, कोषाध्यक्ष गिरिश वावु वस्नेतलगाएत पदाधिकारी चयन भएका छन् । क्लवमा हाल १८ जना सदस्यहरु रहेका छन् ।