गोरखा– चुमनुव्री गाउँपालिकाले लार्केपास गर्ने पयर्टकहरुलाई लक्षित गरि प्राथामिक स्वास्थ्य उपचारका लागि सिजनल हेल्थ क्लिनिक टिम परिचालन गर्ने भएको छ ।
आगामी आर्थिक बर्षदेखि गाउँपालिकाले लार्केपास गर्न आउने पर्यटकहरुलाई आबश्यक प्राथामिक स्वास्थ्य उपचारमा सहज र सरल पहुँच पु¥याउन धर्माशालामा सिजनल हेल्थ क्लिनिक टिम परिचालन गर्न लागेको हाे ।
गाउँपालिकाले न्याक, प्रोक, विही र चुम्चेतमा स्याउको पकेट क्षेत्र सञ्चालन गरि व्यवसायिक कृषकहरुलाई अनुदानको व्यवस्था गर्ने उनले बताए ।
त्यस्तै गाउँपालिकामा भेडा पालन गर्ने वडा नम्बर ३ को न्याक, पाङसिङ आदी क्षेत्रमा भेडा पालक कृषकहरुलाई उन्नत जातको भेडा पालनका लागि आबश्यक सहयोग गर्ने नीति पालिकाले लिएकाे छ ।
गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पालिकाको सुशासन, बिकास र सेवा प्रवाहलाई बस्तुनिष्ट व्यवस्थित र प्रभाकारी बनाउन गाउँपालिकाको गुरु योजना निर्माण गर्ने, चुमनुव्रीको महत्वपूर्ण क्षेत्र चुम उपत्यकाको श्याग्या अहिंसा ऐतिहासिक महोत्सव सञ्चालन गर्ने योजना गाउँपालिकाले तय गरेको छ।
वातावरणमैत्री सांस्कृतिक संरक्षण गुणस्तरीय शिक्षा लगायतका बिबिध नागरिक मैत्री सेवा व्यवस्थापनका लागि जनतासंग अध्यक्ष कार्यक्रम सञ्चालन गर्ने, चुमनुव्रीको सवै सामुदायिक तथा धार्मिक बिधालयको बिाधलय व्यवस्थापन समितिको पुर्नगठन गरि बिशेष शिक्षा नीति अपनाइने, गाउँपालिका अन्र्तगत रहेका नापी छुट भएका जग्गा दर्ता तथा अव्यवस्थित बसोबास र सुकुम्बासी समस्याको समाधान गर्न पहल गर्ने याेजना रहेकाे छ ।
त्यस्तै फिलिम बजारदेखि नै दुरुङचेत हुदै गणेश हिमाल बेश क्याम्प जाने ट्रेकिङ रुटको सुधार तथा सेल्टरहरुको निर्माण गर्ने भएका छन् ।
त्यस बाहेक चुम भ्याली, चुमचेत हुदै नुब्री, विही जोड्ने पर्यटन पदमार्ग निर्माण गर्ने, दुर्घटना तथा प्राकृति बिपत्तीबाट मृत्यु भएका परिवारहरुलाई काजकिरिया खर्चबापत १० हजारसम्म उपलब्ध गराउने पालिकाले नीति तथा कार्यक्रम ल्याएकाे हाे ।
गाउँपालिकाले बेनिघाट रुइला नाका उत्तर दक्षिण लोकमार्ग यथाशिग्र सम्पन्न गर्न आबशयक पहल गर्ने, सिर्दीबासदेखि चुमभ्याली हुदै डुङला भन्ज्याङ नाका जोड्ने उत्तर दक्षिण लोकमार्ग निर्माण लागि आबश्यक पहल गर्ने गरिब तथा जेहेन्दार बिधार्थीलाई उच्च शिक्षा अध्ययनमा टेवा पुग्ने गरि छात्राबृत्ति उपलब्ध गराउन कोष खडा गर्ने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले गाउँपालिकाका भित्र रहेको निसिराङ, छो, काल ताल, बिरेन्द्र तालमा पर्यटन प्रर्वद्धनका लागि आबश्यक प्रक्रिया अगाडी बढाउने, जडीबुटी तथा कृषि सहकारी मार्फत जडिबुटी प्रशोधन केन्द्र स्थापन गरी स्थानीय जनताको आयआर्जनमा टेवा पु¥याउने गाउँपालिकाले जनाएको छ ।
पूर्णपाठ
chumanuwri_Final