काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सत्तारुढ गठबन्धनमै रहने बताएका छन् ।
मंगलबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्ड र बाबुरामबीच भेटवार्ता भएको थियो । भेटवार्तापछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले बाबुराम सत्तारुढ गठबन्धनमै रहने बताए ।
‘बाबुरामजी पनि गठबन्धनमै हुहुनुन्छ’ उनले भने, ‘(जसपाबाट) अलग भए पनि यो गठबन्धन कुनै हालतमा छाड्दिन भन्नुभएको छ ।’
जनता समाजवादी पार्टीले संघीय परिषद अध्यक्ष रहेका भट्टराईलाई कारबाही गरेर पदबाट हटाएको छ । भट्टराई पक्षको भेलाले पनि पार्टी पुनर्गठन गर्ने निर्णय गरेको थियो ।
प्रचण्डले कांग्रेसले आगामी चुनावमा गठबन्धन कायम राख्ने निर्णय गरेकोमा खुसी व्यक्त गर्दै आफूहरू पनि गठबन्धनकै पक्षमा रहेको बताए ।