कुनै बेला देवत्वकरण गरेको व्यक्तिलाई आलोचनात्मक समर्थन गर्दै टिप्पणीहरू लेख्नु कति उपयुक्त हुन्छ त्यो समयले नै बताओस्।
पार्टीलाई साधन ठान्ने डा. बाबुराम भट्टराई माओवादीको या अन्य कुनै पार्टीका मात्रै थिएनन्, उनी एक बिचार थिए।
संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, सेना समायोजन, १९५०को सन्धि सच्याउन ईपिजी गठन गर्ने प्रक्रिया, विकास समृद्धिको आधार ठुलो भौतिक पूर्वाधारलाई राष्ट्रिय गौरवको आयोजनामा रूपान्तरण, अर्थनीतिमा दुई अङ्कको आर्थिक वृद्धिदर दुई दशक निरन्तर जस्ता लोकप्रिय मात्रै नभई व्यवहारिक एजेन्डा, संविधान सभाबाट संविधान बनेपछि विकास र समृद्धिको लागि वैकल्पिक राजनीतिको सुरुवात कसले गरेको हो? निः सन्देह भट्टराईले ।
त्यही उपल्बधीमा मस्ती कसले गरेको छ ?
निःसन्देह डा.बाबुराम भट्टराई भन्दा फरक व्यक्तिले गरिरहेका छन् ।
२०५२ साल फागुन १ गते जनयुद्ध सुरु हुनुभन्दा केही दिन अघि २०५२ साल माघ २२ गते भट्टराई नेतृत्वको संयुक्त जनमोर्चाको तर्फबाट तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई चर्चित ४० सूत्रीय माग राष्ट्रियता,जनतन्त्र र जनजीविका चालीस सूत्रीय माग पेस गरे !
जुन मागको सम्बोधन नभएपछि ४० सूत्रीय मागलाई नै पार्टीको आधिकारिक घोषणापत्र पत्र मान्दै जनयुद्ध सुरु भएको थियो।
१० बर्से जनयुद्ध देशको लागि ठिक थियो या थिएन त्यो अर्कै बहसको विषय बनोस् र घटना र तथ्यलाई कत्ति पनि नबिगारी इतिहासले मूल्याङ्कन गरोस्। सँगै जनयुद्ध लडेर देशमा राजा फालेर संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्न भट्टराई र प्रचण्ड राजनीतिक सहयात्रीको हिसाबले ठुलो योगदान रहेको थियो।
जसले जसरी व्याख्या गरे पनि बाबुराम-प्रचण्ड दुवै एक ठाउँमा हुँदा देखिने जनमत धेरै नै हुन्थ्यो र माओवादी जति अलोकप्रिय हुँदा पनि अहिलेको माओवादी केन्द्रभन्दा अवश्य राम्रो र सम्मानजनक हुन्थ्यो।
राजनीतिक बिचारसंगै विभिन्न घटनाक्रम हेर्दा र व्यक्तिको स्वभावले पनि बाबुराम-प्रचण्ड फरक राजनीतिक ध्रुवका दुई असल मित्रहरू हुन भन्ने घटनाक्रमले पुष्टि गर्दैछ। राजनीतिक पार्टी र बिचारले बाबुराम-प्रचण्ड अलग ध्रुवमा भएता पनी राज्य सत्तामा बारम्बार पुगेता पनि
दशबर्षे जनयुद्धका घाउहरू अहिले पनि ओभाएका छैनन् ।
अहिले पनि सयौँ कार्यकर्ता घरबार विहीनको अवस्थामा छन् भने कैयौँ रोजगार नभएर बिदेसिएका छन्। भट्टराईलाई माओवादी छोड्नासाथ उठेको सबैभन्दा ठुलो प्रश्न जनयुद्धका सहिद परिवार घाइते, अपाङ्गहरूलाई बिचमै छोड्नु भएको हो ? जनयुद्धले उठाएका राजनीति, सामाजिक, सांस्कृतिक र आर्थिक मुद्दाबाट भागेको हो ?
सायद, भट्टराईलाई यी र यस्ता प्रश्नहरूको बारम्बार सामना गर्दा र जवाफ दिँदा दिक्क लाग्ला । तर ४० वर्ष सङ्घर्ष गरेको पार्टीलाई चट्टकै छोडेर हिँड्दा यी र यस्ता प्रश्नहरू वर्तमानमा मात्रै होइन इतिहासले नि सोध्नेछ। भट्टराई यो प्रश्नहरूबाट नभाग्ने भने पनि आम नागरिकहरू र राजनीति विश्लेषकहरूले भागेको बुझेका छन्!
संविधान सभाबाट संविधान बने पश्चात् लगत्तै एकल निर्णय गर्दै भट्टराई अल्फाविना भवनबाट माओवादी पार्टी, सोही पार्टीले निर्वाचित सांसद पद र माओवाद बिचार धारा त्याग्दै गहभरि आशु लिएर बाहिरदाको अवस्था देखि नयाँ शक्ति अभियान हुँदै पार्टीमा परिणत अनेक आरोह अवरोहका बिच उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम संगको एकता र त्यसपछिको जसपा हुँदै अहिले प्रारम्भिक चरणको नेपाल समाजवादी पार्टी सम्म आउँदा केही उहाँको साङ्गठनिक असफल राजनीतिक यात्राको मूल्याङ्कन भने अवश्य गर्न सकिन्छ।
अबको बाकी राजनीतिक यात्रामा एक्लै नेपाल समाजवादी पार्टीको हैसियतले ठुलो परिणाम ल्याउने सङ्केत केही देखिन्न । नेसपा भित्र असल सक्षम र बौद्धिक मानिएका डम्बर खतिवडा र सरल स्वभावका प्रशान्त सिंह तथा कृषि क्षेत्रको जानकार मदन राई जस्ता व्यक्तिहरूले समेत साथ नदिएको देखिन्छ।
भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकको अनुहार हेर्दा भट्टराई र महेन्द्र राय यादव बाहेक शीर्ष नेताहरू खासै देखिएन। यादवलाई उच्च सम्मान गर्दै गर्दा उनको राजनीतिक पृष्ठभूमि सम्झना योग्य नै छैनन्। राजनीतिमा पहिलो सिद्धान्त र दोस्रो व्यवहार हो । यो दुवै तत्त्व नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरूमा देखिँदैन।
भन्दा निर्मम होला अमुक पदको बार्गेनिङको हिसाब नमिल्दा पार्टीगत आबद्धता क्षणभर मै परिवर्तन हुने सोच कयौँ नेता र कार्यकर्ता नेसपामा छन् ।
अब केही सिक्ने पो हो कि ?
नेपालको राजनीतिलाई आदर्शवादी एजेन्डा मात्रै होइन । अङ्कगणित आधारमा पनि विश्लेषण गरिन्छ। चुनावी परिणाम अङ्कगणित हो यही पार्टी र पार्टीको सं-संगठनले निर्वाचन जित्न सकिने परिस्थिति र आधार चाहिँ देख्दिन्न।
अब डा.भट्टराई सामु देखेको दुई विकल्प मात्रै हो।
पहिलो विकल्प :
माओवादीसँग नै एकता अहिलेको प्रारम्भिक प्रस्तावित नाम नेकपा (समाजवादी),
तर भट्टराई पुनः कम्युनिस्ट पार्टी (माओवादी)मा आबद्ध भएमा उठ्ने गम्भीर प्रश्नहरू,
माओवादी पार्टीको मुख्य कार्यभार देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र सम्म ल्याउनु, समावेशी समानुपातिक प्रणालीलाई संविधानमा दर्ज गराएपछि त्यसलाई कार्यान्वयन गर्नुको सट्टा पार्टी किन छोड्नु भयो ? हुँदा खादाको पार्टीलाई परित्याग गरी पुन माओवादीमा नै आबद्ध हुनु थियो भने पार्टी परित्यागको औचित्य पुष्टि गर्न गाह्रो नै पर्नेछ।
पार्टी परित्याग मात्रै होइन सिङ्गो कम्युनिस्ट बिचार नै परित्याग गरेको हुनाले यो प्रश्नको उत्तर भेट्टाउन गाह्रो नै पर्नेछ। उत्तर त दिनुहोला । तर आम नागरिक, मतदाता र बौद्धिक जगतलाई विश्वास दिलाउन सक्नुहोला ?
प्रचण्ड गणतान्त्रिक नेपालको प्रथम प्रधानमन्त्री हुँदा र भट्टराई अर्थमन्त्री हुँदादेखि उनको व्यवहारिक हिसाबले कम्युनिस्ट पार्टीको अर्थमन्त्री जस्तो देखिँदैन थियो। कम्युनिस्ट पार्टीले राज्य केन्द्रित अर्थनीतिको अनुसरण गर्दथ्यो।
तर
भट्टराईले प्रस्तुत गर्नुभएको बजेट उत्पादनमा जोड तर वितरणमा ध्यान भन्ने मूल नारा नै थियो। जुन समाजवादी अर्थव्यवस्था अहिले पनि माओवादीको होइन। भट्टराई बारम्बार उद्धरण गर्ने देङ सियाओपिङको भनाई “बिरालो कालो होस् या सेतो तर बिरालो काम मुसा मार्ने हो मुसा मार्नुपर्छ!
मतलब पार्टीको नाम जेसुकै होस् पहिले पुँजीको निर्माण त्यसपछि समन्वयात्मक ढङ्गले वितरण हो। राजनीतिक पार्टीको नाम संग धेरै कुराहरू जोडिएको हुन्छ। कम्युनिस्ट र गैर कम्युनिस्ट या समाजवादी शब्दहरू सुन्दा उस्तै लागेपनी वैचारिक दृष्टिकोणले धेरै फरक छ।
माओवादी कम्युनिस्ट हो भने त्यो पनि शास्त्रीय कम्युनिस्ट विचार हो त्यो स्वयं माओको जन्म भएको चीनले देङ सियाओपिङको उदय सगै माओ विचारधारा छोडी सक्यो।
चिनियाँ कम्युनिस्ट पार्टी र उनीहरूको पछिल्लो औद्योगिक क्रान्ति र पुँजीको विकासलाई हेर्ने हो भने चीनमा कुनै पनि हिसाबले कम्युनिस्ट पार्टी सरकार हो भन्न सकिन्न।
पार्टीको झन्डा र चुनाव चिन्ह मात्रै कम्युनिस्ट तर व्यवहारिक हिसाबले पुँजीवाद(कम्युनिस्ट भाषामा) वैज्ञानिक पुँजीवाद भन्न सकिएला।
नेपालमा माओवादीको जनयुद्ध हुँदै शान्ति प्रक्रिया सम्म आउँदा जनयुद्धताका माओवादको प्रयोग भएको पाइन्छ र बेलाबेला वैचारिक टकराब नि देखिन्थे जस्तै: जनयुद्धको सुरुवात पूर्व ४० बुँदे माग माओवादीको बहुचर्चित चुनुवाङ बैठक, शान्ति प्रक्रिया पछिको पालुङटार विस्तारित बैठक हुँदै हेटौँडा महाअधिवेशन र डा.भट्टराईको २०७० चैत ०२ गते नेपाल साप्ताहिकमा छापेको चर्चित लेख नयाँ शक्तिको खाँचो र संविधान सभाबाट संविधान जारी भए सँगै अल्फाविटा भवनबाट पत्रकार सम्मेलन गरी डा.भट्टराईको माओवादी पार्टी परित्याग सम्मको घटना क्रम हेर्दा र अहिलेसम्मको घटनाक्रम हेर्दा पुनः माओवादीमा फर्किने र कम्युनिस्ट पार्टीको नेता बन्ने देखिन्न।
दोश्रो विकल्प:
सक्रिय दलगत राजनीतिबाट बिश्राम:
बौद्धिक क्षमता राम्रो भएको,राजनीतिक विश्लेषण गर्ने क्षमता भएको,क्रान्तिकारी विचार भएको र धेरै पढेलेखेका भएता पनि संगठन बनाउन र हाँक्न चाहिँ पुरै असफल डा.भट्टराईले सक्रिय राजनीतिक भन्दा माथि उठेर सोच्ने हो भने उहाँले अहिले पार्टीबाट दिनुभएको योगदान भन्दा बढी योगदान बाहिर बसेरै दिन सक्नुहुनेछ।
कति तथ्य सङ्गत विचारणीय सोचाइ हो थाहा भएन तर मेरो मस्तिष्कमा डा.बाबुराम भट्टराई भनेको ठुलै क्रान्तिकारी व्यक्ति अझै लाग्छ।अहिले समय परिवर्तन हुँदै छ मेरो मस्तिष्कमा नि केही चेतना विकासले कुनै दिन अन्धभक्त समर्थन गर्ने बाबुरामलाई सक्रिय राजनीतिक विश्रामको बाटो रोज्न सुझाव दिँदै छु।
राजनीतिक सक्रिय आबद्धता त्याग्ने बित्तिकै उहाँ पार्टीको होइन सम्पूर्ण नागरिकहरूको साझा व्यक्ति बन्न सक्नुहुनेछ। उहाँले विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय फोरमहरूमा भौतिक एवं सामाजिक पूर्वाधार विकास र अर्थतन्त्रको बहसलाई फराकिलो बनाउन सक्नुहुने छ।
नेपालको तीन काल खण्डलाई एकत्रित गर्दै भौगोलिक एकीकरणको युग हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र सम्म आइपुग्दा लोकतान्त्रिकरणको युग र संविधान सभाबाट संविधान बने पछिको संविधान कार्यान्वयन गर्दै विकास र समृद्धिको युग,यो तीन चरणको काल खण्डलाई एउटै पुस्तकमा ढालेर एक ऐतिहासिक पुस्तक लेख्ने अवसर पनि डा.भट्टराईलाई छ।
यो उहाँलाई इतिहासमा नाम लेखाउने सुनौलो मौका हुन सक्छ।
भौतिकवादमा विश्वास गर्ने व्यक्तिलाई मोह भन्ने शब्द प्रिय नलाग्दा तर राजनीतिमा लोकप्रियताको मोहको मापन पनि हुन्छ। उनलाई मूल्याङ्कन गर्दा पहिले र अहिलेको भट्टराईमा फरक पाइन्छ तर यो लोकप्रियता चाहिँ नदिको क्षणभङ्गुर जस्तै हो।
कुनै बेला देवत्वकरण गरेको व्यक्ति पछि आलोचनाको पात्र बन्न सक्छ र पहिले आलोचना गरेको व्यक्ति पछि लोकप्रिय बन्न पनि सक्छ।
चेतनशील समाजले मूल्याङ्कन गर्दा व्यक्तिको योगदानलाई हेरेर मूल्याङ्कन हुनुपर्छ।
कठोरता पूर्वक भन्नुपर्दा बिग्रेको, भत्केको, टुटेको र फुटेको दलमा ६० वर्ष पुगेको अन्य पार्टीका शीर्ष नेताहरूलाई पनि अनिवार्य रूपमा सक्रिय राजनीतिबाट अवकाश दिलाउनु पर्छ।
हिजोसम्म चप्पल पड्काउनेहरू आज झिँगा चिप्लिने वातानुकूलित सवारीमा साधनमा द्रुत गतिमा सवार भएर करोडको महल, अर्बको सम्पत्ति छ। एउटा सामान्य नागरिकले बुझ्न नसकेको कुरा यी दुखी नेताहरूले राजनीति गरेका हुन् कि व्यापार ? भट्टराई प्रति उच्च सम्मान छ। उनले भौतिक सुख सुविधा त्यागेर देखाएको साधारण जीवन शैली र त्यो आदर्श प्रति विश्वास पनि छ।
अर्थमन्त्री र प्रधानमन्त्री हुँदा अहिलेका प्रधानमन्त्री पूर्व प्रधानमन्त्रीहरू मध्य सम्झना योग्य काम डा.भट्टराईले नै गरेका हुन्। समयको माग उहाँको योगदानलाई पुन कदर गर्दै आलोचनात्मक टिप्पणी सहित उनको आजसम्मको राजनीति योगदानलाई सम्मान गर्दै उहाँको सक्रिय राजनीति विश्राम चाहन्छु।