काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । अध्यक्षद्वयबीच शुक्रबार ओली निवास बालकोटमा भेटवार्ता भएको हो ।
भेटवार्तामा एमाले र राप्रपाबीच चुनावी तालमेलका विषयमा छलफल भएको बताइएको छ ।
‘भेटवार्तामा चुनावी तालमेल र सहकार्यका विषयमा सामान्य छलफल भएको र त्यसका लागि संवाद सुरु भएको छ’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने ।
राप्रपाले सबैसँग संवादको ढोका खुल्ला राखेको उनले बताए । यसबारेमा पार्टीको अब बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकले थप निर्णय गर्ने उनले बताए ।
अध्यक्षद्वय ओली र लिङदेनबीच स्थानीय तहको निर्वाचनपछि पहिलोपटक भेटवार्ता भएको हो । भेटवार्ताका लागि अध्यक्ष लिङ्देन ओली निवास बाकोट पुगेका हुन् ।