कतार– लामो समय देखि विबादित प्रबासी नेपालीको छाता संगठन एनआरएनए कतारमा नयाँ कार्यसमिति बनेको छ । कतारमा एन आर एन नामक दुई सस्था तहनेछन ।
दोहा वक्रा स्थित लक्की स्टार रेस्टुरेन्टको सभाहलमा भएकाे कार्यक्रमबाट सुरेश भट्ट अध्यक्षमा निर्वाचित भएका हुन् । उनकाे नेतृत्वमा २१ सदस्य कार्यसमिति निर्माण भएको छ।
भट्ट विदेशमा रहेका पनि विभिन्न सामाजिक, राजनीतिक र समसामयिक मुद्दामा आवाज मुखरित गर्दै, विभिन्न विधामा लेख पनी लेख्ने गर्छन् । उनी प्रवासी नेपालीहरुको ‘नोट चल्ने भोट नचल्ने’ अभियानको अभियन्ता पनि हुन् ।