गाेरखा- नेपाल समाजवादी पार्टीका अधयक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट स्तब्ध भएको बताएका छन् ।
अध्यक्ष भट्टराईले ४५ बर्षदेखिका सहयात्री तथा प्रखर समाजवादी चिन्तक गिरीको निधनले स्तब्ध भएका बताएका हुन् ।
उनले सामाजिक संजाल फेसबुकमा गिरिको निधनप्रति दुख व्यक्त गर्दै वैचारिक खडेरीबाट गुज्रिरहेको नेपाली राजनीतिमा उनको अभाव झन् खट्किरहने बताए ।
उनले लेखेका छन्,-‘४५ बर्षदेखिका अनन्य मित्र तथा प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको निधनले स्तब्ध छु१ वहॉसंगको लामो र गहन विमर्शका सुखद स्मृतिहरू सधैं जीवित रहनेछन् वैचारिक खडेरीबाट गुज्रिरहेको नेपाली राजनीतिमा वहॉको अभाव झन् खट्किरहनेछ ।
वहॉप्रति हार्दिक श्रद्धान्जली तथा परिवारजनमा गहीरो समवेदना ।’