गाेरखा- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटघाट भएकाे छ । उनिहरू विच बिहान पौने ११ बजे सिंहदरबारमा छलफल भएकाे हाे ।
उनीहरुबीच आगामी निर्वाचन,सीट बाँडफाँड र विकसित आन्तरिक राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको बुझिएको छ । केही समयदेखि बाबुरामले आफूलाई गोरखा, छोरी मानुषीलाई काठमाडौं- ७ र महेन्द्र राय यादवलाई सर्लाहीसहित नवलपरासीमा अर्का एक जना निर्वाचन क्षेत्र दिइनुपर्ने माग प्रचण्डसमक्ष राख्दै आएका छन् ।
भेटमा बाबुरामले प्रचण्डसंग गाेरखा-२ मागेकाे स्राेतकाे दावी छ । गाेरखा-२ मा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समेत प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्ने चर्चा छ । उनी २०७४ काे निर्वाचनमा बाबुरामसंग पराजित भएका थिए । निर्वाचनमा पराजित भएपनि उनी राष्ट्रिय सभामा गएका थिए ।
बाबुरामले समेत उक्त चाहना राखेपछि गोरखाको सो क्षेत्र माओवादीभित्र थप पेचिलो बन्ने पक्का छ । माओवादीकाे विहिबार बस्ने भनिएको केन्द्रीय सदस्यको बैठकसमेत बस्न सकेन् । बाबुराम माओवादीकाे चुनाव चिन्हबाट निर्वाचन लड्ने घाेषणा गरिसकेका छन् ।
बाबुराम, नारायणकाजी कि सुरेन्द्र !
गोरखा माओवादी भित्र चर्को रूपमा दुई लाईन संघर्ष चर्किएको छ । जिल्लामा केन्द्रीय सदस्य तथा सांसद चुडामणी खड्काको टोली क्षेत्र न २ कांग्रेसलाई दिएर क्षेत्र न १ राख्न चाहेको माओवादी भित्र चर्चा चलेको छ । क्षेत्र न २ मा कांग्रेसबाट केन्द्रीय सदस्य तथा महासमिति सदस्य सुरेन्द्र राज पाण्डे मात्रै सिफारिश भएका छन् ।
पाण्डे र खड्का व्यवसाहिक पार्टन हुन् । उनीहरूको गोरखाका विभिन्न खोलामा अवैध क्रसर सञ्चालनमा छ । आफु निकटका सुरक्षा, प्रशासन र जिल्ला समन्वय समिति (जिसस) मार्फत उनीहरूले जिल्लाका विभिन्न खोलामा अवैध क्रसर सञ्चालन गरिरहेका हुन् । त्यहि क्रसरका कारण पनि खड्का पाण्डेका लागि गोरखा–२ छोड्न तयार रहन आफु निकटका जिल्ला तहका नेतालाई भन्दै आएको स्रोतको दावी छ ।
उता नेपाली कांग्रेसले गाेरखा-२ बाबुरामलाई कुनै पनि हालतमा छाेड्न नसक्ने भन्दै केन्द्रीय सदस्य पाण्डेलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेपछि भएकाे भेटलाई अर्थपूर्ण रूपमा हेरिएकाे चर्चा छ । पाण्डे गृहमन्त्री बालकृष्ण खाड निकटका हुन् । स्थानीय निर्वाचनमा तथा कांग्रेसको १४औं महाधिवेशनमा आलोचित बनेका पाण्डे जसरी पनि गोरखा–२ बाट संसद भवन आउन चाहेका छन् ।