काठमाडौं– राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा बोर्डले शुक्रबार सार्वजनिक गरेको हो ।
देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा सञ्चालन भएको उक्त परिक्षामा १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेको परिक्षा बोर्डले जनाएको छ ।
बाेर्डका अनुसार ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या चार हजार एक सय ७९ रहेको छ । यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउनेको सङ्ख्या ३० हजार एक सय सात जना, २.८१ देखि ३.२० जीपीए ल्याउनेको सङ्ख्या ६५ हजार दुई सय ८४ रहेको छ ।
यस्तै २.४१ देखि २.८० जीपीए ल्याउनेको सङ्ख्या ६४ हजार ९३, २.०१ देखि २.४० जीपीए ल्याउनेका सङ्ख्या १० हजार नाै सय र १.६१ देखि २.० जीपीए ल्याउनेको सङ्ख्या ३५ रहेको छ ।
यसरी हेर्न सकिन्छ नतिजा
वेबसाइट:
राष्ट्रिय परीक्षा बाेर्डकाे वेबसाइट : www.neb.gov.np
नेपाल टेलिकमकाे वेबसाइट : www.neb.ntc.net.np
एसएमएस सेवा:
नेपाल टेलिकमकाे १६०० मा एमएमएस गर्ने तरिका : NEB Symbol No. टाइप गरी १६०० मा एसएमएस गर्ने ।
आईभीआर सेवा:
नेपाल टेलिकमकाे १६०१ नम्बरमा डायल गरी प्राप्त नतिजाअनुसार नतिजा प्राप्त गर्न सकिनेछ ।