गोरखा- आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशसभा सदस्य पदको प्रत्यक्षतर्फ गोरखा क्षेत्र नम्बर २ ‘क’ बाट युवा व्यवसायी जीवन वलकोटीले प्रदेशसभा सदस्य पदमा दाबी गरेका छन्।
यही मंसिर ४ गते हुने आम चुनावमा गण्डकी प्रदेशअन्तर्गत प्रदेशसभा सदस्यको लागि वलकोटीले आफ्नो दाबेदार प्रस्तुत गरेका हुन्।
प्रदेशसभा चुनावको लागि आन्तरिक तयारी गरिरहेका वलकोटीले भने, ‘अहिले नै केन्द्रतिर छिरिहाल्ने मेरो योजना छैन। यस पटकको प्रदेशसभा चुनावमा गोरखा क्षेत्र नम्बर २ क को लागि प्रत्यक्षतर्फ प्रदेश सदस्यमा उम्मेदवारी दिने सोच बनाएको छु।’ सो क्षेत्रबाट वलकोटीको नाम सिफारिस समेत गरिएको छ।
आफूले प्रदेश सदस्य पदको उम्मेदवारी दिँदै गर्दा पार्टीको सङ्गठन बलियो बनाउन र सबै कार्यकर्ता तथा समर्थकको मनोबल उच्च बनाउन मद्दत गर्ने, देश र जनताको निम्ति काम गर्ने वलकोटीले विश्वास व्यक्त गरेका छन्।
पदको लागि भन्दा पनि परिवर्तनको लागि लड्ने वलकोटीले गण्डकी प्रदेशसभा सदस्य पदको उम्मेदवारी दिने कुराले चर्चा बटुल्दै छ। सबल उम्मेदवार सफल राजनीतिक पात्रका रूपमा चिनिने वलकोटी माओवादी केन्द्रलाई बलियो बनाउन र सङ्गठन मजबुत बनाउनमा आफ्नो ध्यान केन्द्रित भएको बताउँछन्।
को हुन् जीवन वलकोटी ?
नैतिक रूपमा असल र राजनैतिक पृष्ठभूमि हेर्दा एक कुशल नेता हुन् वलकोटी । वलकोटी राजनैतिक परिवेशमा निकै सक्रिय व्यक्ती हुन् ।
उनी स्वास्थ्यकर्मी पेसामा आबद्ध छन् । तर जति सक्रिय स्वास्थ्यकर्मी आबद्ध छन् त्यसै गरी माओवादीले केन्द्र निकट हरेक संगठनमा उत्तिकै सक्रिय छन् ।
२०५३ सालमा श्री जनता माध्यमिक विद्यालयको अखिल क्रान्तिकारी संगठनको इकाई अध्यक्षबाट उनी विद्यार्थी राजनीतिमा होमिएका थिए ।
कम्युनिस्ट सिद्धान्तबाट आकर्षण भएर उनी राजनीतिमा होमिएका थिए । सक्रिय विद्यार्थी राजनीति गर्दै गर्दा वलकोटीको जीवनमा एउटा कठिन समय आयो । २०५४ साल भाद्र २३ गते उनी घरबाट गिरफ्तार भए ।
गिरफ्तार हुँदै गर्दा वलकोटीले पार्टीगत सिद्धान्तलाई भुलेनन् र जेल भित्रै अझै बढी सक्रिय भएर राजनैतिक जीवनलाई अगाडि बढाए । जेल जीवनमा वलकोटी अलिकति पनि विचलित भएनन् । अझै सशक्त तरिकाले आफ्नो आवाज बुलन्द बनाउँदै राजतन्त्रको विरोध गरिरहे ।
२०५७ सालमा उनी जेलको त्यो अन्धकारबाट मुक्त भए । त्यसपछि समाजलाई अझै उज्यालो बनाउनुपर्छ भन्ने मुख्य उद्देशको साथ उनी गाउँघरमा हिँड्न थाले । राजतन्त्र खुलेर विरोधमा उत्रिन थाले ।
संगठनहरु मजबुत बनाउँदै गाउँ देखि सहर र सहर देखि गाउँ पसे । कम्युनिस्टको मार्क्सवादको बारेमा सबैलाई विस्तृत जानकारी गर्दै जनचेतनामूलक अभियान चलाए ।
आफ्नो घर टोलमा मार्क्सवाद, लेनिनवाद र माओवादको सिद्धान्तको बारेमा प्रशिक्षण दिँदै अघि बढे । केही वर्षको जेल जीवनले झन् उनीमा क्रान्तिकारीपन जुरमुराउन थाल्यो ।
राजतन्त्रको विरोधमा घर गाउँ टोलवस्तीमा विरोध कार्यक्रम आयोजना गरी राजतन्त्रले चुनौती दिँदै अघि बढे । नेपालमा १० वर्ष सशस्त्र विरोधको समाप्त भएपछि नेपालमा गणतन्त्र आएपछि वलकोटी उपत्यकामा स्वास्थ्य सघ संगठनमा सक्रिय हुन थाले ।
राजनीति जीवन र निजी जीवन सँगसँगै लैजानु पर्छ भन्ने सिद्धान्तलाई बोक्दै उनी उपत्यका स्वास्थ्य प्रमुख भए ।
उनीले राजनैतिक जीवनलाई निरन्तर दिँदै त्यसपछि अखिल नेपाल प्रगतिशील जनस्वास्थ्य कर्मी महासंघका केन्द्रीय सचिव भए । महासंघमा बसेर उनीले धेरै राम्रो कामहरू गरेका छन् ।
स्वास्थ्यतिर भएको माफियातन्त्रलाई खुलेर विरोध गर्दै आइरहेका छन् । त्यसपछि अखिल नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष भए । फार्मेसी संघको नेतृत्व नै उनको हातमा आएपछि फार्मेसी क्षेत्रमा उनले कायापलट हुने काम गरेका छन् ।
त्यसै गरी वलकोटी अहिले पार्टीको विशेष प्रदेश कमिटी सदस्य, शिक्षा स्वास्थ्यको विभिन्न चरण हुँदै काउन्सेलिङ साइकोलोजीमा मास्टर डिग्री गर्दै छन् ।