काठमाडौँ- नेपाली समाजमा भीम उपाध्याय निकै चर्चित नाम हो । सामाजिक अभियन्ता भिम उपाध्याय सामाजिक कार्य संगै सामाजिक संजालमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका छन् ।
फेसबुकमा उपाध्यायको लाखौ फ्यानहरु छन् । फेसबुक मार्फत उनीले बेलाबेला आफ्नो धारणा बेक्त गर्दै आइरहेका छन् ।
उपाध्यायले केही समय अगाडी केपी ओलीलाई कटाक्ष गर्दै एउटा स्टाटस फेसबुक मार्फत सार्वजनिक गरेका थिए । उक्त स्टाटसमा यस्तो लेखिएको छ :-
“पुष्पलाल नेपाली कम्युनिज्मका पिता हुन् ।मदन भण्डारी विश्वभरि सोत्तर हुँदै गएको कम्युनिज्मलाई नेपालमा भने पन: स्थापिताकर्ता नेता हुन् । मनमोहन बुढाबुढी अपाङ्ग विधुवालाई जीविकोपार्जनका लागि राज्यबाटै भट्ट दिने ज्युष्ठ नागरिकहरुका निम्ति देउता हुन् ।
प्रचण्ड दलित, पिछाडिएको, सीमान्तीकृत जातजातिलाई सत्ताको सिंहासनमा पुर्याउने समावेशीकरण, समानुपातिक, गणतन्त्र र संघीयताका पीता हुन् ।झलनाथ, सिपी, माद्जवाले अन्डरग्राउण्ड भएर कम्युनिज्मको नेतृत्व गरेका नेताहरु हुन् ।
मोहनबिक्रम पनि जीवनपर्यान्त सिन्द्वान्त नछाडी लागेका हुन् ।कम्युनिज्मको देश र जनतालाई फाइदा गर्यो त्यसमा खुबै बहस गर्न सकिन्छ …..
तर ……
ओलीको चै के योगदान ? सिन्को भाँचेको छैनन् थुतुनो चलाएको जग हसाउने बाहेक ?विद्याको योगदान चै के हो ? मदनको पत्नी हुनु बाहेक ?जनताको ऋण खाएका छैनन् यिनका घरघरिका गनगन सुन्न र कचकच भोग्न ।”