गोरखा- आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट गण्डकी प्रदेशसभा सदस्य पदको प्रत्यक्षतर्फ गोरखा क्षेत्र नम्बर २ ‘क’ बाट इन्जिनियर दिपकबाबु कंडेलले प्रदेशसभा सदस्य पदमा दाबी गरेका छन्।
यही मंसिर ४ गते हुने आम चुनावमा गण्डकी प्रदेशअन्तर्गत प्रदेशसभा सदस्यको लागि कडेलले आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन्।
प्रदेशसभा चुनावको लागि आन्तरिक तयारी गरिरहेका कंडेलले भने, ‘अहिले नै केन्द्रतिर छिरिहाल्ने मेरो योजना छैन। यसपटकको प्रदेशसभा चुनावमा गोरखा क्षेत्र नम्बर २ क को लागि प्रत्यक्षतर्फ प्रदेश सदस्यमा उम्मेदवारी दिने सोच बनाएको छु।सो क्षेत्रबाट कंडेलको नाम सिफारिससमेत गरिएको छ।
आफूले प्रदेश सदस्य पदको उम्मेदवारी दिँदै गर्दा पार्टीको सङ्गठन बलियो बनाउन र सबै कार्यकर्ता तथा समर्थकको मनोबल उच्च बनाउन मद्दत गर्ने, देश र जनताको निम्ति काम गर्ने कंडेलले विश्वास व्यक्त गरेका छन्।
उनि भन्छन, विकास,परिवर्तन र समुन्नत समाज निर्माणका लागि मैले उम्मेदवारी दिएको हुँ ।
पदको लागि भन्दा पनि परिवर्तनको लागि लड्ने कंडेलले गण्डकी प्रदेशसभा सदस्य पदको उम्मेदवारी दिने कुराले चर्चा बटुल्दै छ। सबल उम्मेदवार सफल राजनीतिक पात्रका रुपमा चिनिने कंडेल नेपाली कांग्रेसलाई बलियो बनाउन र सङ्गठन मजबुत बनाउनमा आफ्नो ध्यान केन्द्रित भएको बताउँछन्।
उनले भने,‘तीन दशक लामो राजनीतिक यात्रा र सोही क्रममा भोग्नुपरेको संघर्ष,आन्दोलनको अनुभवलाई समेटेर आफूलाई प्रदेशतर्फ प्रस्तुत गरेको छु। परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरूलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको आधारमा मेरो यो उम्मेदवारी रहनेछ। मैले उम्मेदवारी प्रस्तुत गर्दै गर्दा चुस्त उद्यमशील कांग्रेसको परिकल्पनासहित उर्जाशील कांग्रेसको कार्ययोजना समेतलाई केन्द्रविन्दुमा राखेको छु।’
यस्तो छ कंडेलको राजनीतिक यात्रा
वि. स. २०४४ सालदेखि राजनीतिमा सक्रिय कंडेल २०७४ सालमा निर्वाचित गोरखाको पर्यटकीय क्षेत्र पालुङटार नगरपालिकाको नगर प्रमुख थिए। लामो समयदेखि इन्जिनियर पेशामा रहेका कंडेल विगत ३२ वर्षदेखि राजनीतिमा सक्रिय छन्।
इन्जिनियरिङ एसोसिएसनको सदस्य हुँदै प्रजातान्त्रिक इन्जिनियरहरुको स्थापक सदस्य, नेविसंघ जिल्ला कार्यसमिति सदस्य र २० वर्ष इन्जिनियरिङ एसोसिएसनमा राजनीतिक जीवन बिताएका कंडेलले आन्तरिक द्वन्द्वका कारण इन्जिनियरिङ एसोसिएसनको उप- महासचिवमा भने हार बेहोर्नुपरेको थियो।
तत्कालीन माओवादी केन्द्रको गढ मानिने गोरखा जिल्लामा उनले कांग्रेसको झण्डा फर्फराउन ठुलो योगदान पुर्याएका छन्। नारायणकाजी श्रेष्ठ, बाबुराम भट्टराई जस्ता अब्बल कम्युनिष्ट नेताहरुको क्षेत्रमा उनले कांग्रेसभित्रको संघर्षका कारण विजय सुरुवात गरेका हुन्।
गण्डकी र गोर्खाबासीका लागि एक सक्षम नेतृत्वका रुपमा रहेका उनले नेपाली कांग्रेसको लागि पनि उत्तिकै त्याग गरेको पाइन्छ। तत्कालीन माओवादीको गढ मानिने गोरखामा। यहाँ कांग्रेस कमजोर हुनु हुँदैन भन्ने मान्यताले स्थानीय तहको निर्वाचनमा कंडेलले आफ्नो उम्मेदवार घोषणा गरेर जित पनि हातपारेका थिए।
हरेक वडादेखि पालिका र जिल्लासम्ममा कांग्रेसलाई कसरी मजबुत बनाउने भन्ने अभियानसंगै उनी लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय छन्।
१४–१५ वर्षको किशोरावस्थादेखि नै नेपालको लोकतान्त्रिक आन्दोलनमा करिब ३२ वर्ष सक्रियतापूर्वक बिताइरहेका कंडेलले लोकतन्त्रको पक्षमा विगतका संघर्षपूर्ण कठिन दिनमा लामो शृंखला अनुभव गरेका छन्।
निष्ठा, इमानदारिता र विचारको राजनीतिमा अडिग कंडेलको विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवलाई उच्च मूल्यांकन गर्दै पार्टीले नेपाली कांग्रेसको गण्डकीमा प्रदेशसभा सदस्य पदमा एक्लो उम्मेदवार बनाउन कदमपहली गर्नुपर्ने देखिन्छ।
समग्र रुपमा पार्टी नेतृत्वलाई सुदृढीकरण गर्दै जनताको हितको निम्ति काम गरेर कम्युनिस्टको गढ रहेको जिल्लामा नेपाली कांग्रेस पार्टीलाई पहिलो पार्टीको रुपमा स्थापित बनाउन सफल भएका कंडेलले कांग्रेसलाई बलियो खम्बाका रुपमा पालुङटार नगरपालिका र गोरखा जिल्लामा स्थापित बनाउन सफल भएका छन्।
२०७९ सालको स्थानीय तहको चुनावमा पुनः उम्मेदवार भएका कंडेल अन्योलताको भित्र चुनाव लडेका थिए।
पार्टीको गठबन्धनअनुसार पालुङटार नगरपालिका माओवादीलाई दिने कि जसपालाई दिने भन्ने हल्ला र केन्द्रिय,जिल्ला पार्टी कार्यालयको ठोस निर्णय आउन ढिला भएको र अन्तिममा केन्द्रिय पार्टी कार्यलयबाट जसपालाई सहयोग गर्ने निर्णय आएअनुसार उनलाई केन्द्रिय पार्टी कार्यालयमा बोलाएर कांग्रेस सभापति शेरबहादुर देउवा र पार्टीका अन्य नेताहरूले उम्मेदवारी फिर्ता लिन दबाब दिए।
उनी भन्छन्- मेरो सामुन्ने मलाई तपाईं छोडदिनुहोस् र तपाईंको राजनीति जीवनको विषयमा सोचौंला भन्नुभयो (अरु कुरा मैले अहिले भन्न चाहिनँ) आदरणीय पार्टी सभापति शेरबहादुर दाइले बाचा पनि व्यक्त गर्नुभयो र तपाईंको उम्मेदवारी फिर्ता लिनुहोस् र प्रेस नोट पनि जारी गर्नुहोस्।
सोही आग्रहअनुसार मैले उम्मेदवारी फिर्ता लिएको र चुनाव नलड्ने र अर्को पार्टीलाई सहयोग गर्ने निर्णय गरे र पार्टीको निर्णयअनुसार प्रेस नोट लेखेर अगाडि बढ्ने संकल्प पनि गरेँ।
त्यसपछि म काठमाडौंबाट आफ्नो गृह जिल्ला गोरखा पालुङटार आएँ र जिल्लामा फेरि गठबन्धनको बैठक बस्यो र पालिकामा बाबुराम भट्टराईको पार्टी अन्तिम एमालेसँग गठबन्धन गर्ने र कांग्रेससंग केन्द्रको निर्णय पनि पालना गर्नुपर्छ भन्ने अहमता र आफ्नो जनमत कम भएको र वडामा कांग्रेस पार्टीलाई कम दिने र आफू धेरै सिटको बार्गेनिङपछि कुरा नमिल्दा जिल्लाको पार्टीको निर्णय र निर्देशनअनुसार अन्तिममा चुनाव लड्न बाध्य भएर चुनाव नि लडेँ।
अन्तिम ३ दिन बाँकी थियो, म चुनाब नलड्ने भनेर बसेको र अर्को पार्टीको प्रचार गर्दै हिँडेको मान्छे चुनावमा एक्कासी जाँदा र आफूले हाम्रो पार्टीको चुनाव प्रचारप्रसार गर्न नपाएको र मतदातामा पनि अन्योल भएकै कारण मैले चुनावमा हार बेहोर्न बाध्य भएँ।
तर मैले चुनाव हारेको हैन जितेको हो मैले २०७४ सालको चुनावको भन्दा बढी मत प्राप्त गरे र मतदाताको अन्योलको बीचमा मलाई र राम्रो पार्टीलाई विश्वास गरेर कम्युनिस्टको गढ भएको ठाउँमा कांग्रेसको झन्डा जताततै फर्फराउन सफल भएको छु।
कांग्रेसप्रतिको विश्वास र विकासलाई मैले आफ्नो कार्यकालमा प्रयोग गरेर समानान्तर विकासको मोडेललाई अगाडि बढाएर जनताको सेवामा समर्पित भएको एक सिपाही पनि म हो र मेरो राजनीतिक सामाजिक जीवन देश र जनातको निम्ति सधैं हाजिर हुने र सधैं जनताको साथ र सहयोग हुनेमा म विश्वस्त छु।
कंडेलको प्रदेशसभामा उम्मेदवारी किन?
म पेशागत रुपमा इन्जिनियर भएतापनि मैले देखेको र परिकल्पना गरेको विकासको मोडालिटीलाई जनाताको माझमा प्रत्यक्ष पुर्याउने र खुसी र सुखी नागरिक भएको समाज गर्ने दृढ संकल्प बोकेर मैले गण्डकी प्रदेशसभा सदस्य पदको उम्मेदवारमा दाबी गरेको छु।
जनताको सेवा र विकास गर्नलाई खासै पदको आवश्यकता त पर्दैनन्,तरपनि कतिपय कुरालाई कार्यान्वयनमा ल्याउनलाई कानुन र नेतृत्वदायी भूमिकाको आवश्यकता हुने गर्दछ।
सोही अनुरुप मैले आफुलाई देश विकास जनताको सेवाको लागि आफ्नो उम्मेदवारी पेश गरेको छु।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट पालुङटार नगरपालिकाको मेयर भइ आफ्नो कार्यकालमा पालुङटारको विकासको निम्ति ठुलो योगदान र समृद्ध पालुङटार बनाउनमा सफल नेतृत्वदायी भूमिका निर्वाह गरेका कंडेल सफल राजनीति पात्र र बुद्धिजीवी भित्रको विकासको परिकल्पना गरेर कार्यान्वयनमा ल्याउन सक्ने खुबी भएका व्यक्तित्वभित्र पर्दछन्।
मेयर हुँदै गर्दा आफ्नो कार्यकालमा भूकम्पले क्षतिग्रस्त पालुङटार नगरपालिकामा निजि आवासको काम करिब ७९ प्रतिशत सम्पन्न र भूमिहिन सुकुम्बासीको हकमा सुरक्षित आवास निर्माण, नगरपालिकाको प्रशासकीय भवन निर्माण गरी सेवाग्राहीलाई आफ्नै भवनबाट सेवा दिने कार्य र सबै वडा कार्यालय निर्माण गरेर आफ्नै भवनबाट सेवा सुचारु, बाटो खानेपानी,शिक्षा स्वास्थ्यमा पनि आफूले महत्वपूर्ण विकास र परिवर्तन गरेको,जनताको सेवाको र विकासको निम्ति आफू सधैँभरि लागेर आफूलाई एउटा सरल, सफल र सक्षम नेतृत्वदायी भूमिका निभाउने कंडेलको प्रतिबद्धता छ।