गोरखा- गोरखाको चुमनुब्री गाउँपालिका-३,पामो (सिर्दिबास) की१४ वर्षीय बालिकामाथि बलात्कार गर्दै गरेको अवस्थामा घटनास्थलबाटै नेपाली सेनाका अमल्दार मनबहादुर रानालाई नियन्त्रणमा लिइएको छ।
गोरखाको चुमनुब्री गाउँपालिका-३,पामो (सिर्दिबास) की १४ बर्षीया बालिका बलात्कार गरेको आरोपमा बेनिघाट-आरुघाट-लार्के सडक निर्माण कार्यदलमा कार्यरत नेपाली सेनाका अमल्दार मनबहादुर रानालाई नियन्त्रणमा लिइएको छ।
बिगत १७ बर्षदेखि नेपाली सेनामा कार्यरत बाग्लुङ गलकोट-११, रानाले गत शनिबार बारीमा तरकारी टिप्न गएकी १४ वर्षीय बालिकामाथि बलात्कार गर्दै गरेको अवस्थामा घटनास्थलमै स्थानीयले नियन्त्रणमा लिएका थिए।