काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने भएका छन् ।
चिकित्सा शिक्षा सुधारका ७ बुँदे माग राखी साँझ ५ बजेदेखि सत्याग्रह सुरु गर्न लागेको डा.केसी निकट स्रोतले बताएको छ ।
सत्याग्रह सुरु गर्न डा. केसी धनगढी जाँदै छन् भन्ने कुरा बाहिरिएको छ।
चिकित्सा शिक्षा सुधारका अभियन्ताको रुपमा भन्दा उनी सत्याग्रह बढी गर्ने व्यक्ति भनेर चिनिन्छ ।
उनले पटकपटक सत्याग्रह गरेर चिकित्सा शिक्षा सुधारमा केहि सुधार ल्याएका छन्।