काठमाडौं- महाकाली सन्धिलाई अगाडि बढाउनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता पशुपतिशमशेर जबराले बताएका छन् ।
नेता जबराले राष्ट्रघाती महाकाली सन्धि एमाले अध्यक्ष केपी शर्मा ओलीको कारण भएको उल्लेख गरेका छन् ।
पूर्व सचिव द्वारिकानाथ ढुंगेलले लेखेको ‘चक्रब्युहमा नेपालको जलस्रोत’ नामक पुस्तकको विमोचन कार्यक्रममा महाकाली सन्धि गर्दा जलस्रोत मन्त्री रहेका राणाले अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीको भूमिका निर्णायक रहेको बताए ।
जबराले महाकाली सन्धिलाई अगाडि बढाएर जलस्रोतको समुचित प्रयोग गर्नुपर्ने बताए ।
पूर्व जलस्रोत सचिव ढुंगेलको पुस्तक एमाले अध्यक्ष ओलीले विमोचन गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाकाली सन्धिमा कुनै राष्ट्रघात नभएको बताउने गरे पनि नेपाली जनता तथा विभिन्न राजनीतिक दलहरुले भने राष्ट्रघात भएको दावी गरेका छन् ।