गोरखा- गोरखा बजारको एक स्कुले शिक्षकले आत्माहत्या गरेका छन् ।
गोरखा नगरपालिका १० को बिरेनचोकमा रहेको रत्नराज्य माविका शिक्षक मेनका अर्यालले बुधबार आत्माहत्या गरेको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
गोरखा नगरपालिका ८ घर भएका शिक्षक अर्यालले घरमा कोही नभएको बखत आफै सुत्ने कोठामा आत्मा गरेको गोरखा प्रहरीले जनाएको छ ।
बिगत केही साता यतादेखी बिरामी भएका अर्यालले स्कुलबाट बिदा लिएर घर बस्दै आएको प्रधानाध्यापक तेजबहादुर नेपालीले बताए ।
‘मेनाका मिस केही सातादेखी बिरामी भएकोले बिदामा हुनु हुन्थ्यो’ प्रधानाध्यापक नेपालीले भने ‘वहाँको यो खबरले हामी सबैलाई स्तब्ध बनाएको छ ।’
बिरेनचोकको रत्न राज्य माविमा शिक्षक रहेकी उनले प्राईमरी लेबलका बिद्यार्थीहरुलाई अध्यापन गराउदै आएको स्कुल प्रशासनले जनाएको छ ।
मृत्तक शिक्षकको श्रीमान जिल्ला मालपोत कार्यालयमा जागिरे छन् ।
उनको २ छोरी र १ छोरा भएको गोरखा प्रहरीले जानकारी दिएको छ ।