गोरखा- गोरखा जिल्ला भिमसेनथापा गाउँपालिका वडा न २ मारहेको सिद्दकाली मन्दिर परिसरमा ६१ फिट अग्लो नेपालको झण्डा स्थापना गरिएको छ ।
उक्त झण्डा कुल १७ लाख रुपयाँको लागतमा निर्माण गरिएको हो।
भिमसेनथापा गाउँपालिकाको १० लाख, गण्डकी प्रदेश सरकारको ६ लाख र वडा न २ को १ लाख गरि कुल १७ लाख बजेटमा उक्त झण्डा स्थापना गरिएको भिमसेनथापा गाउँपालिकाले जानाएको छ।
झण्डा स्थापना गर्ने निर्माण समितीमा नारायण लामिछाने, कमल भट्ट, बिमला लामिछाने, उत्तम लामिछाने, विश्वजित लामिछाने र पुजा समितीका पदाधिकारी रहेका थिए ।
११ सय ९० मिटरको उचाइमा निर्माण गरिएको उक्त नेपाली राष्ट्रिय झण्डा ६१ फिट अग्लो छ, चौडाइ ४० फिट रहेको छ ।
गोरखा जिल्ला भिमसेनथापा गाउपालिका वडा न २ अन्तर्गत तान्द्राङ्गकोट धार्मिक रुपले प्रख्यात ठाउँ हो । पृथ्वीनारायण शाह देखिको इतिहास जोडिएको यसभुमि दुल्लभ ऋषिको भुमी हो ।
दुल्लभ ऋषि पृथ्वीनारायणको विश्वासिलो ज्योतिषी रहेको बताइन्छ ।