काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले क्रिकेटर सन्दीप लामिछानेको घटनामा कडा प्रश्न उठाएकी छिन् ।
उनले बलात्कारको आ’रोप लागेका क्रिकेटर सन्दीप लामिछाने भाग्नुले देशमा दण्डहिनता संस्थागत रहेको देखाएको धारणा व्यक्त गरेकी हुुन् ।
सामाजिक सञ्जाल ट्वीटरमा अन्सारीले सन्दीप भा’ग्नु भनेको द ण्डहिनता संस्थागत हुनुको परिणाम भएको लेखेकी छन् ।
उनले सन्दीपलाई भगाउनमा प्रहरी र नेपाल क्रिकेट संघको संलग्नता रहेको भन्ने अभिव्यक्ति सहितको ट्वीट पोष्ट गरेकी छन् ।
‘सन्दीप लामिछाने भाग्नु भनेको दण्डहिनता संस्थागत् छ भन्ने परिणाम हो । संदिपलाई भ’गाउनमा प्रहरी र क्रिकेट संघ,’ उनले लेखेकी छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिमकी पूर्व कप्तान सन्दीपमाथि एक नाबालिगले बलात्कारको आ’रोप लगाउँदै जा हेरी दर्ता गराएकी थिइन् ।
सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी भएपछि नेपाल क्रिकेट संघले टिमबाट उनलाई निलम्बन गरेको थियो ।
पक्राउ पूर्जी जारी भएको समयमा सन्दीप वेस्ट इन्डिजमा रहेपनि उनले आफू निर्दोष रहेको तथा चाँडै नेपाल आउने भन्दै सामाजिक सञ्जालमा लेखेका थिए । तर उनी लामो समयदेखि सम्पर्क बाहिर रहेका छन् ।