कोरोना संक्रमण बढेको भन्दै एकातर्फी बन्द गरेको नाका पुनः सञ्चालनमा आएको छ। तातोपानी नाका खुलेसँगै थप सहजीकरणका लागी सिन्धुपाल्चोक स्थित भोटेकोशी गाउँ पालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले परराष्ट्र मन्त्री डा नारायण खड्का संग भेटवार्ता गरेका छन् ।
भेटबार्तामा मन्त्री खड्काले स्थानिय तहको कार्याधिकार भित्र रहेर सहजीकरणको काम अघि बढाउन लाई आग्रह गर्नु भएको छ भने आबश्यक परेमा परराष्ट मन्त्रालयले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले नाका खोल्ने आश्वसन दिए लगत्तै रसुवागढी र तातोपानी नाका सञ्चालनमा आएको हो ।साउन २५ गते देखि बन्द रहेको रसुवागढी नाका बिहीबार देखि सञ्चालनमा आएको छ ।
नाका सञ्चालनमा आएसँगै यस अघि रोकिएर बसेको बस्तु बोकेर ७ कन्टेर नेपाल भित्रिएका छन् भने थप ७ वटा साँझसम्ममा भित्रिने जिल्ला प्रशासन कार्यकलय रसुवाले जनाएको छ ।
यस्तै तातोपानी नाका पनि खुलेको छ । तातोपानी नाका गत साउन २१ गते देखि बन्द रहेको थियो ।