काठमाडौ- ’राजनीति सम्भावनाको खेल हो।’ यो अभिव्याक्ति केहि समय अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले एक कार्यक्रमकाबीच दिएका थिए ।
यो अभिव्याक्ति प्रचण्डले बामदेव गौतम सगँको चुनावी तालमेलमा प्रयोग भएको छ ।
नेपाली राजनीति क्षेत्रलाई तलमाथि पार्न एक शक्तिशालि पात्रको रुपमा प्रचण्डलाई लिईन्छ ।
त्यसो त प्रचण्डलाई आँखा चिम्लेर विश्वास गर्दा नेकपा एकता अभियान पार्टीका अध्यक्ष बामदेव गौतम नमज्जाले फसेको खबर बाहिरीएको छ ।
वामदेवले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हसिँया हथौडा लिएर चुनावी प्रतिष्पर्धा गर्नेगरी गरेको तयारी अन्ततः रद्ध गर्नु परेको छ ।
पुुर्व उपप्रधानमन्त्री समेत रहेका नेता बामदेव गौतम पछिल्लो समयमा हराएको तथा कमजोर बनेको आरोप बेलाबखत लाग्ने गरेको छ ।
नेकपा माओवादी केन्द्रको स्थायी कमिटिको बैठकले नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बावुराम भट्टराई र बामदेव गौतमलाई आफ्नो चुनाव चिन्ह दिने निर्णय गरेको थियो तर
अन्तिममा निर्वाचन आयोगमा पुगेर संयुक्त निवेदन दिने बेलामा प्रचण्डले बामदेवलाई जिल्ल पारेर बावुरामलाई मात्रै हसिया हथौडा चिन्ह दिनेगरि निवेदन दिएको खुलासा भएको छ ।
निर्वाचन आयोगको नियम अनुसार नै फरक फरक पार्टीले पनि एउटै चुनाव चिन्हबाट प्रतिष्पर्धा गर्न सक्ने तर दुवै पार्टीका अध्यक्षहरुले संयुक्त निवेदन दिनुपर्नेमा प्रचण्डले नेपाल समाजवादी पार्टीका
अध्यक्ष भट्टराईसँग मात्रै निर्वाचन आयोगमा गएर निवेदन दिए पछि बामदेव गौतम जिल्लीएका छन् त्यसो त प्रचण्डको यो कदमले नेपाली राजनीति क्षेत्रमा विश्वासको कमी र
धोकाले प्रश्रय पाएको हामी सबैले स्वत अनुमान गर्न सकिन्छ ।
एक शक्तिशालि पार्टीको अध्यक्ष भएर यो किसिमको काम गर्नु सम्रग राष्ट्रको अहित भएकोले यसको नतिजाले भविष्यमा प्रचण्डलाई अप्ठायारो पार्न सक्ने नेकपा एकता अभियान पार्टीका एक नेताले बताएका छन् ।
निर्वाचन आयोगमा दरखास्त दिने अन्तिम दिन बिहान गौतमले निर्वाचन आयोग पुगेर कुर्दाकुर्दै पनि प्रचण्डले फोन नै नउठाएको पनि खुलेको छ ।
उनले अब बामदेव गौतमले हसिँया हथौडा चिन्ह लिएर चुनाव लड्ने सम्भावना पुर्ण रुपमा समाप्त भएको भनेका छन् ।
हाल राष्ट्रिय सभाका सदस्य रहेका गौतमले गठबन्धनको तर्फबाट प्युठानमा उम्मेदवार बन्न पाउनु पर्ने दाबी गरिरहेका थिए तर अब निर्वाचननै नलड्ने फाइनल भएको बताएका छन् ।
एकपटक भएपनि प्रधानमन्त्री भएर सिंहदरबारमा फोटो झुण्डाउने सपना बोेकेका बामदेव गौतमको प्रधानमन्त्री बन्न सपना यसपटकको लागि लगभग सकिएको छ ।
प्रधानमन्त्री बन्नका लागी प्रतिनिधिसभाको सदस्य हुनै पर्ने संवैधानिक बाध्यात्मक व्यवस्था रहेको छ यसो हुदाँ गौतमको भविष्य सजिलै आकंंलन गर्न सक्ने अबस्था छैन् ।