काठमाडाैं- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजू राणा देउवाले ‘वर्षमा ३६४ दिन कांग्रेस हुने र भोट हाल्ने १ दिन कांग्रेस नहुने रोग’का कारण पार्टी कमजोर भइरहेको बताएकी छन् ।
काठमाडाैंमा आयोजित गणेशमान सिंहको २५औँ स्मृति दिवसको अवसरमा पुस्तक बिमोचन कार्यक्रममा उनले यसपालिको निर्वाचनमा यो रोगलाई परास्त गरी पार्टीको जग बलियो बनाउनुपर्ने धारणा राखिन् ।
“यस्तो समस्याले अहिलेको चुनावमा हाम्रो पिँढीकाे मात्र हुने र पार्टीमा आउने पिँढीकाे भविष्यसमेत अन्धाकार रहन्छ,” नेतृ देउवाले भनिन् ।
नेपाली कांग्रेस हार्नुका कारण ‘कांग्रेसलाई कांग्रेसले मात्र हराउँछ’ भन्ने भनाइ रहेको बताउदै केन्द्रीय सदस्य देउवाले अब सबैको विचार एक भएर नीति र सिद्धान्तअनुसार चल्नुपर्ने बताइन् ।
अहिलेको परिस्थितिमा देशलाई बचाउन गठबन्धनको आवश्यकता भएकाले पहिला देश अनि पार्टी त्यसपछि मात्र म भन्ने सोचेर सबैजना देशलाई बचाउन लाग्नु पर्ने उनको धारणा छ ।