गोरखा- अखिल क्रान्तिकारी जिल्ला समन्वय समितिले आयोजना गरेको गोरखा नगरपालिका अन्तर्गत मा बि स्तरिय बक्तित्व कलाप्रतियोगितामा द ओल्ड क्यापिटल रानीबनका छात्रा प्रजिता बाँनियाले ११२.५ अंक ल्याई प्रथम स्थान हासिल गरेकी छिन् ।
संविधानदिबसको अबसर पारेर आज गोरखा सदरमुकामको जिल्ला समन्वयय समितिको सभा हलमा भएको कार्यक्रममा बर्तमान संविधाननिर्माणमा जनयुद्वको भुमिका बिषयमा बकतित्व कला प्रतियोगितामा नगरपालिका भित्र १२ वटा स्कुलहरुको २४ जना बिद्यार्थीहरुलेसहभागी जनाएका थिए ।
जसमा द्वितिया स्थान हासिल गर्ने महलक्ष्मी माबि लक्ष्मीबजारका छात्रा नमुना गिदेल मगर , १११.५ तृतियास्थान हासिल गर्ने महेन्द्र माबि कुन्दुरटारका छात्र मन्दिप लामा १०५ र सान्त्वना स्थान हासिल गर्ने मनकामना बोर्डिङ स्कुलका छात्रखेमकुमार घले १०४ मनकामना बहिरा माबिका छात्रा सहभगी भए बापत प्रोत्साहन स्वरुप नगद दुई हजार पाउन सफल भएकी छिन् ।
पुरस्कार स्वरुप क्रमश १५ हजार, १२ हजार, १० हजार, ८ हजार र २ हजार नगद सहित प्रमाण पत्र पाउन सफल भएका हुन् । सहभागी जतिसबैलाई सम्मान स्वरुप प्रमाण पत्र बितरण गरिएको बिद्यार्थी सह सचिब अनिष अर्यालले जानकारी दिए ।
पहिलो पुरस्कार प्रायोजनहिरो होण्डाका प्रोपाइटर रामहरि केसी र द्वितिया पुरस्कार प्रेम तमाङले प्रयोजन गरेका हुन् ।
अखिल क्रान्तिकारी जिल्ला समन्वयसमितिका अध्यक्ष बिष्णु पाण्डेको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथीको आतित्यथा निवर्तमान गोरखा क्षेत्र न १ का सांसद हरिराज अधिकारीले गरेका थिए।